
साउन १५,२०७७ गुल्मी : सहिद मनोज , झपेन्द्रको २९ औ स्मृति दिबसमा उपल्लो तम्घास माध्यमिक बिधालयमा अध्ययन गर्ने फरक क्षमता भएका बिद्यार्थीहरुलाई सहयोग गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन गुल्मीले उपल्लो तम्घास माध्यमिक बिद्यालयमा फरक क्षमता भएका बिद्यार्थीहरुलाई ग्यास , चुलो लगायतका साम्रगीहरु सहयोग गरेको संगठनका जिल्ला अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए ।
कर्मचारीहरुको हकहितका लागि आवाज उठाउँदै आएका र आन्दोलनमा सरिक भएको बखतमा उनीहरुको मृत्यु भएको थियो । शहिदहरुको सम्झनामा उपल्लो तम्घास माध्यमिक बिद्यालयमा अध्ययन गर्ने ३२ जना बिद्याथीहरुका लागि संगठनका अध्यक्ष रामप्रसाद पन्थी , केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ५ का अध्यक्ष दधिराम मरासिनीले बिद्यालयकी प्रअ पिङकी भुसाल र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नारायण सुनारलाई साम्रगी हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बिद्यालयकी प्रअ भुसालले बिद्यालयको चौतर्फी बिकासका लागि सबै एक जुट भएर जानुपर्ने धारण राख्दै बिद्यालयलाई सहयोग गरेकोमा धन्यबाद ब्याक्त गरिन् ।
संगठनका पूर्व जिल्ला अध्यक्ष भक्तिराम मरासिनी , शिक्षा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनी , वडा नं ९ का वडा अध्यक्ष नारायण बरालले आ आफनो धारण राखेका थिए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष एबम प्रदेश नं ५ का अध्यक्ष दधिराम मरासिनीले शहिदहरुले देखाएको मार्गमा लाग्ने र कर्मचारीहरुको हक हितका लागि सधै लागिपर्ने धारण राखे ।
संगठनका जिल्ला अध्यक्ष रामप्रसाद पन्थीको अध्यक्षतामा कार्यक्रमको संचालन बोम अर्यालले गरेका थिए ।











