आफूहरुको मागलाई बेवास्था गरे कडा आन्दोलन गर्ने गुल्मी काग्रेसको चेतावनी

0
1012

साउन १४,२०७७ गुल्मी : नेपाली काँग्रेस गुल्मीको बुधबार आकस्मिक बैठक जिल्ला स्थित पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा सम्पन्न भएको छ । बैठकमा पछिल्लो समय जिल्लामा भएका समसामयिक बिषयमा व्यापक छलफल गरिएको नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।
अविरल वर्षाले जिल्लाका विभिन्न स्थानमा पुर्याएको क्षतिका कारण विस्थापितहरुलाई उचित व्यवस्थापन गर्न सम्बन्धीत पालिकाहरुले ध्यान नपुर्याएकोप्रति गुल्मी काँग्रेसको गम्भिर ध्यानकर्षण भएको सभापति श्रेष्ठले बताए ।
बैठकले नेपाल सरकार र स्विस सरकारको संयुक्त सहयोगमा सञ्चालन हुन लागेको सुरक्षित आप्रवासन (सामी) परियोजनाको लागि एकतर्फी रुपमा स्थानीयतह छनौट र कर्मचारी भर्ना गर्न लागिएको बिषयलाई लिएर गम्भिर छलफल गरेको सचिव खिलध्वज पन्थीले बताए ।
त्यस परियोजना कार्यान्वयनका लागि कर्मचारी आवेदन सूचनालाई गोप्यमा राखिनुले नागरिकको सुचनाको हकप्रति संवेदनशिल नदेखिएको बताए । उनले सूचनाको हकलाई स्थापित गर्नुपर्ने बताउँदै गुल्मी कांग्रेसको गम्भिर ध्यानकर्षण भएको बताए ।
बैठकमा सामी परियोजनाका सन्दर्भमा पछिल्लो समयमा आफुहरुले राखेको मागलाई वेवास्ता गरे चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने निर्णय भएको पार्टी कार्यालयले जनाएको छ ।

SHARE