
रमेश विश्वकर्मा
साउन १३,२०७७ गुल्मी : गुल्मीमा शैक्षिक संस्था खोल्नेलाई जिल्ला प्रशासन कार्यालयले कार्बाही गर्ने भएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को गत साउन ५ गते भएको निर्णयले शैक्षिक संस्थाहरु अर्को सुचना जारी नहुन्जेलसम्म संचालन नगर्न भनेपनि जिल्लामा केहि संस्थागत, सामुदायिक तथा क्याम्पसहरु संचालन गरेको पाइएकोले शैक्षिक संस्था खोल्नेलाई कार्बाही गरिने जिल्ला प्रशासनकार्यालय गुल्मीले जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण गरिएको लकडाउन खुलेपनी विद्यालयमा बढी भिडभाड हुने भएकोले कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै शैक्षिक संस्था नखोल्न नेपाल सरकारले नै अनुरोध गरेको हो ।
“जिल्लामा संचालित संस्थागत , सामुदायिक विद्यालय तथा क्याम्पसहरु कोचिङ्ग केन्द्र तथा ट्युसन केन्द्रको नाउँमा खोलिएको पाइएमा संक्रामक रोग नियन्त्रण ऐन,२०२० बमोजिम कार्बाही गरिने छ प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।








