रामपुरमा युथ युनियन मटेरी क्लवको नयाँ समिति गठन

0
766

सुशीला रेग्मी

साउन ११,२०७७ पाल्पा : युथ युनियन मटेरी क्लव रामपुर नगरपालिका पाल्पाको नयाँ समिति पुर्नगठन भएको छ । क्लवका अध्यक्ष अमिर रानाको अध्यक्षतामा मटेरीमा एक कार्यक्रम गरी समिति पुर्नगठन गरिएको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा रामबहादुर राना रहनुभएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा कमल राना, उपाध्यक्ष पवित्रा भण्डारी रेग्मी, सचिवमा दिपेन्द्र भट्टराई, सह सचिवमा केशवराज श्रेष्ठ, कोषाध्यक्ष समुन्द्र रेग्मी रहेको साजन चन्दले जानकारी दिए ।अन्य सदस्य पदमा रहेका छन् ।
कार्यक्रमको संचालन सचिव दिपेन्द्र भट्टराईले गरेका थिए । नयाँ समितिको कार्यकाल दुई वर्षको रहनेछ । विसं २०७५ सालमा स्थापना भएको यस क्लवले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

SHARE