पाल्पा–बुटवल सडकखण्डमा राति यात्रा गर्न रोक

0
476
फाइल फोटो

साउन ५, २०७७ पाल्पा : सिद्धार्थ राजमार्ग चार दिनदेखि अवरुद्ध छ। पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।
शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएको हो। पहिरो झर्ने क्रम नरोकिएपछि सडक सञ्चालनमा आउन सकेको छैन्। आइतबार बेलुकी एकतर्फी रुपमा सञ्चालन भएको राजमार्ग फेरि पहिरो झरेपछि अवरुद्ध भएको छ।
बेलुकी ५ बजे सञ्चालनमा आएको राजमार्ग राति १० बजे पहिरो झरेपछि पुनः अवरुद्ध भएको हो। सोमबार विहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
रातको सयमा पाल्पा–बुटवल सडकखण्डमा यात्रा गर्न रोक लगाइएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पाको प्रभासदेखि दोभानसम्म विभिन्न ठाउँमा पहिरो झरेकोले रातको समयमा यात्रा नगर्न अनुरोध गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

 

SHARE