पहिरोले अबरुद्ध पाल्पा बुटवल सडक सुचारु

0
658
फाइल फोटो

सुशीला रेग्मी

रामपुर (पाल्पा), ३१ असार : पहिरोले अबरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडक आज दिउँसो साढे एक वजेबाट सुचारु भएको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका ३ पैठेडाँडा स्थित सिद्धार्थ राजमार्गमा सडक देखि माथिबाट पहिरो सहित ठुलो ढुङ्गा खसेर सोमवार साँझ देखि अबरुद्ध बनेको सडक आज दिउँसोबाट खुलेको जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ ।

साथै सोही सडक खण्डको तानसेन नगरपालिका ८ डुम्रेपुल नजिकै अबिरल वर्षाको कारण सडक देखि माथिबाट ढुङ्गा सहितको पहिरो खस्न जादा सडक पूर्ण रुपमा अबरुद्ध बनेको हो । डोजर, स्काभेटर र ब्रेकर प्रयोग गरेर ढुङ्गा फुटाएर सडक सुचारु गरिएको हो । सडक खुलेसंगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

SHARE