गुल्मीमा ४३ प्रतिशत मात्रै धान रोपाइँ

0
932

असार ३०,२०७७ गुल्मी : असारको महिना सकिनै लाग्दा सम्म पनि गुल्मीमा हालसम्म ४३ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।
मकैबाली ढिला पाक्ने खेतहरुमा रोपाँइ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।
जिल्लामा ८५ हजार ६ सय ७० हेक्टर जमिन धान रोपाइँका लागि योग्य जमिन रहेको छ । हालसम्म ४ हजार ६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको घिमिरेले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ९ हजार ४ सय ५८ हेक्टरमा धान रोपाइँ भएको थियो ।
कोरोना भाइरसका कारण धेरै मानिसहरु विदेशबाट स्वदेश फर्किएका छन् । बेरोजगार रहेका युवाहरु यतिबेला धान खेति तर्फ केन्द्रित छन् । यसले गर्दा धान उत्पादन हुने क्षेत्रफलमा समेत वृद्धि हुने घिमिरेले बताए । समयमै पानी परेकाले पनि कृषकहरुले समयमै धान रोपाइँ गरेका हुन् । यस वर्ष साउन महिनाभर सबै ठाउँमा रोपाइँ सकिने घिमिरेले बताए ।
१० हजार हेक्टर जमिनमा सिंचाइको सुबिधा
जिल्लामा हालसम्म करिब १० हजार हेक्टर क्षेत्रफलमा सिंचाईको सुविधा छ । ३ हजार ६ सय हेक्टर क्षेत्रफलमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्रसार अधिकृत सनबहादुर रानाले बताए । उनले बाँकी क्षेत्रफलमा अर्ध सिंचाईको व्यवस्था भएको बताए ।
जिल्लामा उन्नत जातका खुमल–४, खुमल–६, खुमल–१०, मकवानपुर–१, रामधान, लोकतान्त्रिक, हिमाली धान लगाइन्छ । स्थानीय जातका हंसराज, मानोमुरी, हावा, मार्सि, लामी, जडन, जुवा, अनदी, काठे मार्सि जातको धान कृषकहरुले लगाउँदै आएका छन् । त्यस्तै हाइब्रिड अन्र्तगत यु.एस–३१२ र शंकर जातको धान लगाउँदै आएका छन् । चैते धान अन्तर्गत चन्दीना र सि.एच–४५ जातको धान कृषकहरुले लगाउँदै आएको रानाले जानकारी दिए ।
धान खेति हुने गुल्मीका मूख्य फाँटहरु
जिल्लाका १२ वटै स्थानीयतहमा धान खेति गरिँदै आएको कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्रसार अधिकृत सनबहादुर रानाले बताए ।
ईस्मा गाउँपालिकाको चौरासी फाँट, किसानटारी, अर्जेवेशी, रोधीअरौदी, छल्दी, छिनुवा, चाँपटारी, गुर्वा निस्ती ढाणवेंशी, खहरे थापाचौर फाँटमा धान खेति गरिदैँ आएको छ ।
त्यस्तै मुसिकोट नगरपालिकाको वामीफाँट, दानसिङफाँट, कुर्घा भुवाचिदिफाँट, आपचौरफाँट, सङकौल, पौदी अमराई, दिगामचौर, पौदीअरेवा फाँटमा धान खेति हुँदै आएको छ ।
चन्द्रकोट गाउँपालिकाको शान्तीपुरफाँट, हरेवा, दम्कासोता, तुराङफाँटमा धान खेति हुँदै आएको छ । सत्यवती गाउँपालिकामा अश्लेवाफाँट, अरुङ्गाफाँट, साहाघाट, चेमी वहादी, लिम्घा फाँटमा धान खेति हुँदै आएको छ ।
कालीगण्डकी गाउँपालिकाको अर्वेनी फाँट, हर्मिचौर, पुर्तिघाट, चापचौर, कोरेङफाँट, फोक्सिङ फाँट, जुखुमचौर, जयखानी, बेल्टारी, फोक्सिङको लमकरा, भुर्तुङ्गकोट, छापचौर, हर्मिचौरको दिहीङ फाँटमा धान खेति हुँदै आएको छ ।
रुरु क्षेत्र गाउँपालिकाको घिउँवेशी, बोहाफाँट, रिमुवा, टाहाटिमफाँट, ग्वादी वेशीका चौर फाँट, एक्लेपिपलफाँटमा धान खेति हुँदै आएको छ । मदाने गाउँपालिकाको निउरेफाँट, आठचौरफाँट, गडेराफाँट, बडाचौर, गैरीखेत, सुर्यटारी फाँटमा धान खेति हुँदै आएको छ । छत्रकोट गाउँपालिकाको खज्र्याङफाँट, मनभागफाँट, अर्घाँफाँट, वोहाफाँट, दिगामको जेर्दी फाँटमा धान खेति हुँदै आएको छ ।
गुल्मीदरबार गाउँपालिकाको कुमालटारी, अमरअर्वाथोक तलको फाँटमा धान खेति गरिन्छ । रेसुङ्गा नगरपालिकाको अर्खलेको रैदीफाँट, सावुनेटारी फाँट, पारमटारी फाँटमा धान खेति गरिन्छ ।
धुर्कोट गाउँपालिकामा गानटारी, धर्नार्जी फाँट, सिमलटारी, कुमलटारी, मानचौर, किट्नीका गौराखेत फाँटमा धान रोपाइ हुँदै आएको छ । मालिका गाउँपालिकामा विधिखोलाको फाँट, मिलटारी, किसानटारी,अर्जेको फाँटमा धान खेति हुँदै आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

SHARE