असार २५,२०७७ गुल्मी : गुल्मीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय ४८ पुगेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा धुर्कोट गाउँपालिकाका दूई जना महिला र दुई जना पुरुषहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनीहरु २० देखि ३४ बर्षसम्मका रहेका छन्
हालसम्म दूई सय ६५ जना निको भएर घर फर्किएका छन भने बाँकी ८३ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।