रामपुरमा म्याद नाघेका अखाद्य सामान नष्ट

0
477

सुशीला रेग्मी

असार २४,२०७७ पाल्पा :पाल्पाको रामपुर नगरपालिकाले बजार अनुगमनमा फेला पारेको म्याद नाघेका अखाद्य सामान बुधवार नष्ट गरेको छ ।
सोमवार र मंगलवार बजार अनुगमनका क्रममा फेला परेका म्याद नाघेका अखाद्य सामान नगरपालिका परिषरमा नष्ट गरिएको हो । नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुदेवी घिमिरे आचार्यको संयोजकत्वमा, ईलाका प्रहरी कार्यालय, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, पत्रकार लगायतको रोहबरमा सामान नष्ट गरिएको छ ।
रामपुर नगरपालिका ५ स्थित बेझाड बजार, पेट्रोलपम्प, बाङ्गेपसल, रामपुर नगरपालिका ४ अन्र्तगत ईस्लामपुर, सदावर्त र वडा नं ७ को किसानबारी बजार क्षेत्रका खाद्यान्न पसलहरुमा अनुगमन गरिएको थियो ।

मूल्य सुचि नभएका पसलमा तत्काल मूल्य सुची टाँस गर्नुपर्ने र अर्को पटक पनि अटेरी गरेर प्रक्रिया अनुसार व्यवसाय संचालन नगरेको पाइएको छ । सोमवार १२ वटा र मंगलवार १३ वटा खाद्यान्न पसलको अनुगमन गर्ने काम भएको छ ।

SHARE