रामपुरमा लिफ्टिङ्ग खानेपानी आयोजना सिलन्यास

0
695

सुशीला रेग्मी

रामपुर (पाल्पा), २१ असार  :  वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका रामपुर नगरपालिका वडा नं १ मा लिफ्टिङ्ग खानेपानी आयोजना सिलन्यास गरिएको छ ।

रामपुर नगरपालिका र प्रदेश नम्बर पाँच सरकारको रु २५÷२५ लाखको सहयोगमा संचालन हुने आयोजनाको आइतवार क्वाङक्वाङमा वडा अध्यक्ष मित्रलाल कंडेलले सिलन्यास गरे ।

आयोजना सम्पन्न भएपछि खानेपानीको समस्या भोग्दै आएका यहाँका नागरिकलाई लिफ्टिङ्ग गरेर घर घरमा धारा जडान गरी खानेपानीको सुबिधा पुग्ने वडा अध्यक्ष कंडेलले बताए ।

सो आयोजनाको कामको जिम्मेवारी मन्जरी कन्स्ट्रक्सन प्राली रामपुरले पाएको छ । वस्ती देखि करिव एक सय १० मिटर तल रहेको चाङ्गखोलामा बाध बाँधेर फुकलडाँडामा पचास हजार लिटरको ट्याङ्की निर्माण गरी लिफ्टििङ्ग गरेर गाउँमा खानेपानी वितरण गरिनेछ ।

यस आयोजनबााट एक सय ५० घरधुरीका उपभोक्ता प्रत्यक्ष लाभान्वित हुनेछन् । सो आयोजना सम्पन्न गर्न रु ९८ लाख रकम लाग्ने अनुमान गरिएको छ ।

यहाँ खानेपानीको दीगो स्रोत नहुदा विभिन्न धारा पधेरा, खोला, कुवामा पानी खोजेर जीविका चलाउनुपर्ने समस्या थियो । अहिले ठुलो आयोजना परेपछि स्थानीयमा खुशीयाली छाएको छ ।

SHARE