रामपुर युवाक्लबले ग¥यो क्वारेन्टाइनमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण

0
331

सुशीला रेग्मी

रामपुर (पाल्पा), २० असार : रामपुर युवाक्लबले क्वारेन्टाइनमा बसेका नागरिकलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
क्लवका सदस्यले शनिवार नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा पुगेर सामग्री हस्तान्तरण गरेको हो । क्वलका अध्यक्ष छमबहादुर दरैको नेतृत्वमा उपाध्यक्ष नविन श्रेष्ठ, सचिव सुन्दर कंडेल सहितको टोलीले क्वारेन्टाइन कक्षमा बसोबास गरेका नागरिकलाई मन्जन, ब्रस, साबुन लगायतका सामग्री हस्तान्तरण गर्ने काम भएको छ ।
रामतुलसी मावि, गंगा मावि एक्लेटार, दरैठाँटी मावि, जनविकास माविको क्वारेन्टाइन, रामपुर ८ को क्वारेन्टाइन कक्ष तथा शहिद बहुमुखी क्याम्पसको आइसोलेशन कक्षमा बसोबास गरेका नागरिकलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
को सहयोगमा प्राप्त सामग्री नगरपालिकासंग समन्वय गरेर क्लबले वितरण गरेको क्लबका सचिव सुन्दर कंडेलले बताए । शनिवार वितरण गर्न बाँकी रहेका ठाउँमा पुनः अर्को दिन वितरण गर्ने बताइएको छ ।
कोरोना भाइरस सङ्क्रमणको महामारीका बेला भाइरस सङ्क्रमणबाट सजग रहन सचेत गराउँदै सामग्री वितरण गरिएको क्लबका अध्यक्ष छमबहादुर दरै बताउँछन् । रामपुर नगरपालिका भित्रका क्वारेन्टाइनमा रहेका तीन सय नागरिकलाई स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम रहेको क्लबले जनाएको छ ।

SHARE