रोटरी क्लव अफ् पाल्पा तानसेनको अध्यक्षमा देवकोटा

0
389

असार १९,२०७७ पाल्पा : रोटरी क्लव अफ् पाल्पा तानसेनको अध्यक्षमा शिवप्रसाद देवकोटा चयन भएका छन् । संस्थाको २० औं स्थापना दिवश तथा अधिवेशनबाट १६ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।

संस्थाको निर्वतमान अध्यक्षमा मधुदयाल सैंजु, निर्वाचित अध्यक्षमा शैलेन्द्र भट्टराई, सचिव हरी बहादुर रायमाझी, कोषाध्यक्ष यादव सिंह कार्की रहेका छन् ।

यस्तै चेयर क्लव एडमिनेष्टि डाइरेक्टरमा भिमबहादुर श्रेष्ठ, क्लव मेम्मवरसिप डाइरेक्टरमा मुक्तीराम जिसी, पव्लिक रिलेशन डाइरेक्टरमा लालकुमारी राना, कल्व सर्भिस प्रोजेक्ट डाइरेक्टरमा शशि श्रेष्ठ, रोटरी फाउण्डेशनको डाइरेक्टरमा पुण्य सुवेदी, सह सचिवमा विनायक महर्जन, सह कोषाध्यक्षमा बसन्तलाल बज्राचार्य रहेका छन् ।

क्लवको सर्जेन्ट एट आम प्रथममा गणेश बस्याल, दोस्रोमा निराजन विक्रम कार्की, सम्पादक प्रथममा अमृत अधिकारी र सेकेन्डमा मदनराज गैरे रहेका छन् ।

निर्वाचित अध्यक्षलाई संस्थापक अध्यक्ष छत्रराज शाक्य र पूर्व अध्यक्ष बुद्धिप्रसाद शर्माले पद तथा गोपनियताको सफथ ग्रहण गराएका थिए । विभिन्न सामाजिक, विकास निर्माण र सहयोगमा समर्पित रोटरीले पाल्पा जिल्लामा समेत विभिन्न कामहरु गर्दै आइरहेको संस्थाका सम्पादक अमृत अधिकारीले जानकारी दिए ।

रोटरीले पाल्पामा खानेपानी, स्वास्थ्य, शौचालय, विद्यालय सहयोग, वन वातावरण संरक्षण लगाएतका क्षेत्रमा काम गर्दै आइरहेको र आगामि दिनमा समेत सबैको सहयोगमा यस्तै रचनात्मक कामहरु गर्ने क्लवका निर्वाचित अध्यक्ष शिवप्रसाद देवकोटाले बताए । उहाँले आगामि बजेट तथा कार्यक्रम समेत संस्थामा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष बंकिम चन्द्र खनाल, उत्पल कुमार बज्राचार्य, कृष्ण बहादुर रावल, मोहन श्रेष्ठ, जगन्नाथ अर्याल लगाएतका रोटरीयन सदस्यहरुको सहभागिता रहेको थियो ।देवकोटाको कार्यकाल यहि जुलाई एकगतेदेखि सुरु भएको छ । उनी रोटरी एयर २०२०।२१ को जिल्ला अध्यक्ष बनेका हुन् ।

SHARE