फरक क्षमता भएकालाई सहयोगी सामग्री बितरण

0
457

सुशीला रेग्मी

रामपुर (पाल्पा), १९ असार :  पाल्पाको रम्भा गाउँपालिकाले फरक क्षमता भएका नागरिकलाई विभिन्न सहयोगी सामग्री वितरण गरेको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत शारीरिक अपाङ्गता तथा दृष्टिबिहिनका लागि सहयोगी सामग्री सहयोग गरिएको हो ।

शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ३० वटा ह्वील चियर, दृष्टिविहिनलाई दश वटा सेतो छडी तथा दश वटा कालो चश्मा साथमा एकवटा वैशाखी सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउँछन् ।

शारीरिक रुपमा अशक्त भएका नागरिकलाई सहयोगी सामग्री अभावले उनीहरुलाई समस्या परेको देखेपछि यस पटक मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट सहयोगी सामग्री वितरण गरेको अध्यक्ष भण्डारीले बताए ।

अपाङ्गता भएकाहरुलाई गाउँपालिकाको वडा नं १ मा दुई वटा, वडा नं २ मा छ वटा, वडा नं ३ मा सात, वडा नं ४ मा एक र वडा नं ५ मा नौ वटा तथा पाँचवटै स्वास्थ्य संस्थालाई एक÷एक वटा ह्वील चियर वितरण गरिएको छ ।

दृष्टिबिहिनका लागि वडा नं १ मा दुई, वडा नं २ मा तीन, वडा नं ३ मा एक, वडा नं ५ मा चार गरी जम्मा दश वटा सेतो छडी तथा कालो चश्मा र एक वटा वैशाखी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत कृषकलाई ८२ वटा प्लाष्टिक टनेल वितरण गरिएको छ । वडा नं १, ३ र ५ मा १८÷१८ वटा र २ र ३ मा १४÷१४ वटा प्लाष्टिक टनेल कृषकलाई उपलब्ध गराइएको छ । कृषि, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा यहाँ मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम चलाइएको छ ।

SHARE