कृषकको मकै बारीमा पुग्यो सलह कीरा :कृषि ज्ञान केन्द्रसंग क्षतिको बिबरण नै छैन

0
498

तिलाचन पाण्डे
असार १८,२०७७ गुल्मी : गुल्मीका सबै स्थानीय तहहरुमा सलह कीरा मकै बारीमा प्रबेश गर्न थालेको छ । बिशेषगरी यो समयमा मकै बाली भएकाले मर्कैमा सलह कीराको बढी आर्कषण देखिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
मदाने गाउँपालिका वडा नं १ अग्लुङको ओख्लेदह , अग्लुङफेदी , चुत्राबोटमा स्थानीयहरुले लगाएको मकै बालीमा क्षती पुगेको वडा अध्यक्ष प्रेमचन्द्र बोहोराले जानकारी दिए । उनका अनुसार ज्ञानबहादुर चन्दको मकै बालीमा धेरै क्षती पुगेको बताए ।
गुल्मीमा बिशेष गरी मदाने गाउँपालिकाको बाँझकटेरी , सिर्सेनीे अग्लुङ , रेसुंगा नगरपालिकाको वडा १० र ११ मा सलहले क्षती पुगेको स्थानीयहरुले बताएका छन् ।

ज्ञान केन्द्रसंग क्षतिको बिबरण नै छैन
गुल्मीका सबै स्थानीय तहमा मकै बालीमा क्षती पुगेको र सामाजिक संजालहरुमा आइरहेको सन्र्दभमा कृषि ज्ञान केन्द्रसंग कहाँ कति क्षती भयो भन्ने बारेमा यकिन डाटानै छैन् ।
कार्यालयका कृषि प्रसार अधिकृत सनबहादुर रानाले कुन स्थानीय तहमा कति क्षति पुग्यो भन्ने बारेमा डाटा संकलनको कार्य भइरहेको जानकारी दिए ।
सबै स्थानीय तहहरुमा सम्पर्क गरी क्षतिको बिबरण संकलन भइरहेको उनले दाबी गरे ।
मकै बारीमा सलह बस्न नदिनका लागि कृषकहरुले बारीमा धुँवा बाल्ने , थाल , ड्रम ठटाउने र शंख बजाउने कार्य समेत गरेका छन् ।
कृषकहरुलाई सचेत बन्न आग्रह
कृषि ज्ञानकेन्द्र गुल्मीले सलह कीराबाट क्षती कम गर्नका लागि सचेत बन्न कृषकहरुलाई आग्रह गरेको छ ।
ज्ञान केन्द्रले स्थानीय संचार माध्यमहरुबाट सलह कीराबाट क्षती कम गर्नका लागि अपनाउनुपर्ने उपायहरु संगै धुँवा बाल्ने , थालहरु ठटाउने , मादल बजाउँने कार्य गर्न समेत आग्रह गरेको छ ।
सलह कीराको ठुलो हुल नभई सामान्य झुण्डहरु रहेकाले धेरै क्षती गर्ने संभाबना कम भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।

SHARE