धुर्कोटका २१ जना संक्रमित डिस्चार्ज भए

0
517

हुमाकान्त पोखरेल
असार १६ ,२०७७ गुल्मी :  धुर्कोट गाउँपालिकाका कोरोना संक्रमित डिस्चार्ज भएका छन् । मंगलबार धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित देविस्थान प्राथमिक विद्यालयमा बसेका चारजना संक्रमित डिस्चार्ज भएका हुन् ।
जसमध्ये वडा नम्बर ६ रजस्थलस्थित एकजना १९ बर्षकी महिला, वडा नम्बर ४ जैसिथोकका २९ बर्षिया पुरुष, ६ रजस्थलका २६ बर्षिया पुरुष तथा नवलपरासीका २९ बर्षिया पुरुष डिस्चार्ज भएको गाउँपालिकाका कोभिड विशेष सुचना अधिकारी डिल्लिराज पराजुललीले जानकारी दिए ।
१९ बर्षिय महिलाको जेठ ३१ गते तथा अन्य तीन पुरुषहरुलाई असार पाचँ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि दोस्रो पटक पिसिआर्को लागि स्वाब संकलन गरिएको थियो । उक्त रिपोर्ट पनि नेगेटिभ आएपछि तेस्रो पटक पिसिआर परिक्षणको लागि स्वाब संकलन गरेर उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
तेस्रो पटक संकलन गरिएको स्वाबको रिपोर्ट नआएपनि संक्रमितहरुको स्वास्थ्यमा कुनै लक्षण नदेखिएकोले उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएका सबैजनालाई थप एक हप्ता घरमै सुरक्षित क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । यो सँगै धुर्कोट गाउँपालिकामा कोरोना मुक्त हुनेको सङ्ख्या २१ पुगेको छ । यसभन्दा अगाडी वडा नम्बर ४ जैसिथोकका एक पुरुष, वडा नम्बर २ पिपलधाराका दुई महिला र १२ पुरुष गरी १४ जना तथा वडा नम्बर ७ वाग्लाका दुईजना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमति १० जना अझै पनि गाउँपालिकाको आइसोलेशनमा छन् । जसमध्ये वडा नम्बर १ नयागाउँमा सातजना, वडा नम्बर ७ वाग्लामा दुईजना तथा वडा नम्बर ४ जैसिथोकमा एकजना रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए । गाउँपालिकामा अहिले विभिन्न वडाहरुमा गरी कुल १४० जना क्वारेन्टिनमा रहेका छन् ।

SHARE