इस्माली कांग्रेसमा संकट : कांग्रेसमुक्त चाँपटारी बनाउन लाग्ने उद्घोष

0
571

गुल्मी, १२ असार
नेकपामा प्रदेश गरेका नेपाली कांग्रेस इस्मा गाउँपालिका सह–सचिव बिष्णु रिजाललाई पार्टी सदस्यता प्रदान गरिएको छ । उनलाई नेकपा पार्टी कार्यालय मदन आश्रित स्मृति भवनमा पार्टीका अध्यक्ष मधुकृष्ण पन्थसहितका नेताहरुले स्वागत तथा सदस्यता प्रदान गरेका थिए ।

राष्ट्रियता मुद्धामा देखाएको सक्रियताको कारण नेकपामा प्रवेश

नेकपाको सदस्या प्राप्त गर्दै रिजालले नेकपाको नीति सिद्धान्तसंगै राष्ट्रियता मुद्धामा देखाएको सक्रियताको कारण आफु नेकपामा प्रवेश गरेको बताए । उनले इस्मामा नेपाली कांग्रेस जागरण कार्यदलको नाममा सिमित व्यक्तिको महत्वकांक्षाका पछाडी दौडिएकाले आफु त्यो झुण्डबाट अलग भएको बताए ।

स्थानीय तहको सकरात्मक कामको पनि बिरोध गर्ने र पार्टीको नाममा दुई÷चार जनाको स्वार्थको लागि कथित जागरण कार्यदल निर्माण गरेकाले कांग्रेसका नेता कार्यक्रर्ता नेकपामा प्रवेश गर्न थालेको रिजालले बताए । उनले केहि समय पहिले नेकपामा प्रवेश गरेका पार्टी सभापति रामप्रसाद पन्थलाई केहि व्यक्तिले आफ्नो मनपरी हराएका कारण पार्टी कार्यालय धाएर जिम्मेवारी खोस्ने र आफुलाई पनि सचिवबाट सहसचिवमा झार्ने काम गरेको बताए ।

आफु पार्टी प्रवेश गरेपछि घर घेरा हाल्न आएका कांग्रेस नेताहरुले अहिले केहि उपाय नभएर अपहरण गरे भनेर लज्जास्पद अभिव्यक्ति दिएको प्रति पनि उनले खण्डन गरे । रिजालले बिचारलाई कसैले रोकेर वा छेकेर नहुने भएकाले स्वतस्र्फुत रुपमा पार्टी प्रवेश गरेको बताउँदै नेकपाले दिएको जिम्मेवारी मार्फत गाउँमै बसेर बिकासको निम्ती अग्र मोर्चामा रहेर काम गर्ने विश्वास व्यक्त गरे ।

कांग्रेसमुक्त चाँपटारी बनाउन लाग्ने उद्घोष

बिहिबार उनीसहित करिव दुई दर्जन कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । रिजालले स्थानीय तहको चुनावमा कम्युनिष्ट मुक्त चाँपटारी बनाउन लागे जस्तै अव कांग्रेसमुक्त चाँपटारी बनाउने लाग्ने उद्घोष गरे । पार्टी सदस्यता प्रदान गर्दै नेकपाका जिल्ला अध्यक्ष मधुकृष्ण पन्थले समयमै नेकपामा नीति सिद्धान्त र अभियानमा जोडिएको नेपाली कांग्रेस इस्मा गाउँकार्यसमितिको सहसचिव जस्तो पद त्याग गर्ने बिष्णु रिजाललाई स्वागत तथा बधाई ज्ञापन गरे ।

उनले केहि समयमै आवश्यक जिम्मेवारी प्रदान गर्ने बताए । केहि दिन अघि नेपाली कांग्रेस इस्मा गाउँपालिका सभापति रामप्रसाद पन्थ पनि नेकपामा प्रवेश गरेका थिए ।

SHARE