घिर्दी खोलाले बगाउँदा वृद्धाको मृत्यु

0
336

असार ८, २०७७ पाल्पा  :   पाल्पामा खोलाले बगाएर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका(१ हुँगीको मसल्याङकी अन्दाजी ७० वर्षीया मनकुमारी सारू रहेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए।

अविरल वर्षासँगै आएको बाढीसहितको खोलाले उनलाई बगाएको हो। विहान साढे ९ बजेतिर सारूलाई बगाएको थियो। स्थानीयले खोजी गर्ने क्रममा उनको शव कालिगण्डकी नदी किनारमा फेला परेको रेग्मीले बताए।

मृतक सारू दैनिक उपभोग्य सामग्री किन्नको लागि हुँगीको पन्टार बजार आउँदै गरेकी थिइन्। घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बुझिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। उनीसँगै गएकी अर्की एक महिलाको भने सकुशल उद्वार गरिएको छ।

SHARE