रामपुरमा ज्येष्ठ नागरिकलाई सम्मान

0
609

सुशीला रेग्मी

रामपुर (पाल्पा), ७ असार :पाल्पाको रामपुर नगरपालिका वडा नं ५ ले ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरेको छ । शनिवार वडा कार्यालयमा एक कार्यक्रम गरि सम्मान कार्यक्रमको शुभारम्भ गरिएको छ ।
वडामा रहेका २८ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत शनिवार पाच जनालाई वडा कार्यालयबाट कार्यक्रम शुभारम्भ गरिएको हो । वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य रहेका थिए ।
प्रमुख अतिथि आचार्यले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उमेरले नै अशक्त हुदै गरेको अवस्थामा उहालाई सम्झेर वडाले गरेको सम्मान कार्यक्रमको प्रसंसा गर्दै ज्येष्ठ नागरिकको समाज विकासमा ठुलो योगदान रहेको बताए ।
साथै उनले कोरोनाको महामारि बढ्दै गएको हुदा घरमै बसेर भाइरसबाट सजग रहन अनुरोध गरे । वडा सदस्य सावित्रा गौतमको स्वागतबाट सुरु भएको कार्यक्रमको उद्देश्यबारे वडा सदस्य विष्णुप्रसाद बस्यालले जानकारी गराएका थिए ।कार्यक्रम संचालन वडा सचिव महेशप्रसाद भट्टराईले गरेका थिए ।
यसवर्ष कोरोना भाइरसको जोखिमका कारण सजगता अपनाउदै वडा कार्यालयबाट पाच जना ज्येष्ठ नागरिकबाट सम्मान कार्यक्रम गरि शुभारम्भ गरेको र आईतवार देखि घर घरमा पुगेर सम्मान सहित स्वास्थ्य सामग्री वितरण गरिने भएको कार्यालय सहायक सबिता रानाले बताइन् ।
ज्येष्ठ नागरिकलाई हर्लिक्स, च्यावनप्रास, बिस्कुट, स्यानिटाइजर, साबुन, के नाइन ९५ मास्क प्रदान गरिएको वडा सदस्य काशीनाथ रेग्मीले बताए । वडाले यसभन्दा अघिल्ला दुईवर्ष अघि पनि ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो । वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई हरेक वर्ष उमेर ज्येष्ठताको आधारमा पालैपालो सम्मान गर्ने गरेको वडा सदस्य माया नेपालीले जानकारी दिए ।
वडाले पहिलो वर्ष ४६ जना, दोश्रो वर्ष ६२ र तेश्रो अर्थात यो वर्ष २८ जना वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। ज्येष्ठ नागरिकलाई माया गरेर वडाका जनप्रतिनिधि, कर्मचारीले गरेको यस सम्मानले ठुलो हौसला मिलेको ज्येष्ठ सदस्य रन्नता बाशिष्ठले बताइन् ।

SHARE