गुल्मी पहिरो अपडेट : थप एक जनाको मृत्यु

0
491

तिलाचन पाण्डे
असार ६,२०७७ गुल्मी :  गुल्मीमा पहिरोले गुडिरहेको जिप पुरिँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
पहिरोमा परि हाडहाडेका १८ बर्षका तुल्सीराम काउछाको घटना स्थलमै मृत्यु भएको र २४ बर्षका सवारी चालक प्रदीप पुनको उपचारका लागि अर्घाखाँची लैजादै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिए ।
अर्का घाइते २५ बर्षका रमेश रानाको अर्घाखाँचीमा उपचार भइरहेको छ । जिपमा सवार अन्य तीन जनालाई सामान्य चोट लागेकाले उनीहरुलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ ।
धुर्कोट गाउँपालिका वडा नं ३ को हाडहाडे देखि धनमुढा जानेक्रममा ग १ ज ३९९७ नं को जिप चुना ओडारमा माथिबाट आएको पहिरोले पुरिएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE