असार ३,२०७७ अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका उपप्रमुखलाई कोरोना संक्रमण भएपछि ८ दिन देखि नगरपालिकाका सम्पुर्ण कामकाज ठप्प भएका छन् ।
उपप्रमुखको सम्पर्कमा रहेका सम्पुर्ण कर्मचारीहरु , राजनीतिक दलहरुको स्वाब संकलन गरि परीक्षणका लागि पठाएपनि हालसम्म पनि रिपोर्ट नआएपछि नगरपालिकाका कामकाज सबै ठप्प भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीबन ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सबै कर्मचारीहरु होम क्वारेन्टाइनमा रहेको रिपोर्ट नआउन्जेल काम काजहरु अगाडी नबडाउने ज्ञवालीले दाबी गरे ।
उनीहरु सबैको जेठ २७ गते स्वाब संकलन गरि परीक्षणका लागि भरतपुर पठाइएको छ ।