पाल्पामा तीन जनाले जिते कोरोना

0
316

सुशीला रेग्मी

रामपुर (पाल्पा), असार १,२०७७  :  पाल्पा जिल्लामा कोरोना सङ्क्रमितमध्ये तीन जना पुरुष निको भएर घर फर्केका छन् ।
सदरमुकाम तानसेनको युनाइटेड मिसन अस्पताल स्थित बृद्धाश्रमको आइसोलेशन कक्षमा रहेका तीन पुरुष निको भएपछि हिजो नै डिस्चार्ज गरी घर पठाइएको छ ।

रैनादेवी छहरा गाउँपालिकाका वर्ष ३८ र ४० का पुरुष, निस्दी गाउँपालिकाका वर्ष १७ का पुरुष कोरोना निको भएर उनीहरुलाई घर जान आइसोलेशन कक्षबाट विदाई गरिएको जनस्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

उनका अनुसार सो आइसोलेशनमा रहेका अन्य दुई जनाको भने उपचार भइरहेको छ । जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ । जसमध्ये भने एक जना गुल्मीका पुरुष रहेका छन् ।

तीन जना कोरोना जितेर घर फर्केपछि ३७ जनालाई जिल्लामा निर्माण गरिएको विभिन्न आइसोलेशन कक्षमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । सङ्क्रमित सबै भारतीय मुलुकबाट आएका नागरिक हुन् ।

SHARE