सामुदायिक रेडियो रामपुरका नयाँ पदाधिकारीलाई पद हस्तान्तरण

0
978

सुशीला रेग्मी

रामपुर (पाल्पा), ३० जेठ : कालीको सुसेली समुदायको आवाज सामुदायिक रेडियो रामपुरको चौथो साधारण सभाबाट निर्बिरोध निर्वाचित पदाधिकारी घोषणा तथा पद हस्तान्तरण कार्यक्रम भएको छ ।
रेडियो घर सानीअमराईमा एक कार्यक्रमका बीच कार्यक्रम भएको हो । संचालक समितिका अध्यक्ष बासुदेव देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहेका थिए ।
नगर प्रमुख थापाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संचार शक्ति हो, सत्य तथ्य सुचना संप्रेषणमा संचारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुहुदै यस रेडियोले गाउँघरका खबर नागरिक समक्ष पु¥याउन महत्वपूर्ण योगदान गरेको बताए।


साथै उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको विषम परिस्थितीमा पनि रेडियोले जोखिम मोलेरै काम गरेको बताउनुहुदै सामाजिक कार्यमा रेडियो र नगरपालिका मिलेर काम गर्ने बताए ।

कोरना भाइरस सङ्क्रमणबाट जारी लकडाउनका बाबजुद पनि सामाजिक दुरी कायम गरी नयाँ पदाधिकारीलाई पद हस्तान्तरण गरिएको छ । चौथो अधिवेशनले तीनवर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा ऋषिराम भट्टराई, उपाध्यक्षमा रामप्रसाद खत्री, हमिद मियाँ, कोषाध्यक्षमा छाँयाचन्द्र पंगेनी, सदस्यहरुमा भगवति खनाल, दुर्गाबहादुर घर्ती, दिलबहादुर कौँसी रहेका छन् ।
मनोनितमा मिनराज रेग्मी, टकादेवी भट्टराई र जीतबहादुर मल्ल चयन हुनुभएको छ । समितिको सदस्य सचिवमा स्देशन प्रबन्धक बासुदेव ढकाल रहेका छन् । निर्वाचन मण्डलका संयोजक मुरारीप्रसाद काफ्लेले नवनिर्वाचित कार्य समितिलाई पद तथा गोपनियताको सफल ग्रहण गराएका हुन ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकाल, नेपाल कम्युनिष्ट पार्टी रामपुर नगर ईन्चार्ज राजुप्रसाद श्रेष्ठ र निवर्तमान संचालक समिति सदस्य विष्णुमाया ढकाल लगायतले बोल्दै गण्डकीवेशीका नागरिकलाई सुचना संप्रेषणमा रेडियो रामपुरले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना ब्याक्त गरे ।

नवगठित समितिका अध्यक्ष ऋणिराम भट्टराईले पदभार ग्रहण गर्दै रेडियोको विकासमा आफूले खटेर काम गर्ने प्रतिबद्धता जनाए ।

रेडियोका अध्यक्ष बासुदेव देवकोटाले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्दै रेडियो संचालनको लागि अध्यक्ष पदको जिम्मेवारी दिएर आफूलाई यहाँसम्म ल्याइ पु¥याउनुहुन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै रेडियोको जिम्मेवारी पदबाट बाहिर रहेपनि आफूले सदैव साथ र सहयोग गर्ने बताए ।

कार्यक्रमको संचालन निर्वाचन मण्डलका सदस्य दयाराम भट्टराईले गर्नुभएको हो । कालीगण्डकी सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो रामपुर एफ एम् १०३ दशमलव ६ मेगाहर्ज दैनिक पौने १७ घण्टा प्रसारण भइरहेको छ । रेडियोमा हाल नियमित ११ जना, आंशिक ८ जना, रेडियो प्रतिनिधि सम्पर्क व्यक्ति २२ जनाले निरन्तर सेवा दिदै आएका छन् ।
आफ्नै दुई तलाको सुबिधा सम्पन्न भवनमा रेडियो संचालन भइरहेको छ । कालीगण्डकी वेशीका दुर दरारमा सुचनाको पहुँच पु¥याई विकास निर्माणमा सहभागी तथा जागरुक गराउने उद्धेश्यका साथ विसं २०६३ मा नेपाल सरकार तथा सुचना मन्त्रालयबाट इजाजत प्राप्त गरी विसं २०६५ साल कात्र्तिक २६ गतेबाट रेडियोले नियमित प्रसारण सेवा सुरु गरेको हो ।

कालीगण्डकीवेशीकै पहिलो संचार माध्यम सामुदायिक रेडियो रामपुरले पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपरासी, कास्की, पर्वत, गुल्मी लगायतका विभिन्न जिल्लामा सुचना संप्रेषणमा महत्वपूर्ण भूमिका खेलको छ । कृषि, पर्यटन, शिक्षामुलक, स्वास्थ्य, विकास निर्माण, महिला, लक्षित वर्गका विभिन्न कार्यक्रम उत्पादन गरी प्रसारण गरिरहेको छ । गण्डकीवेशीका नागरिकको चेतनाको स्तर माथि उकास्दै सशक्तिकरण गर्न केन्द्रित रहेको रेडियोले लक्षित वर्गका कर्म र मर्मका विषयवस्तुलाई समाचार, कार्यक्रमका माध्यमबाट उठाउँदै आएको स्टेशन प्रबन्धक बासुदेव ढकालले जानकारी दिए ।

रेडियोको दीगो विकास र संचालनका लागि हालसम्म बिशिष्ठ र आजिवन सदस्य गरेर आठ सय ५९ जना सदस्य रहनुभएको छ । साविक रामपुर गाउँ विकास समिति हालको रामपुर नगरपालिकाले नगरको वडा नं ५ सानीअमराईमा रहेको अन्दाजी दश रोपनी सरकारी जग्गा उपलब्ध गराएपछि रेडियो स्थापना गरिएको हो ।

SHARE