रामपुरका क्रियाशिल पत्रकारलाई प्रेस ज्याकेट

0
567

सुशीला रेग्मी

रामपुर (पाल्पा), २९ जेठ :नेपाल पत्रकार महासंघ पाल्पा शाखाले रामपुर नगरपालिका क्षेत्रमा रहेर काम गर्ने क्रियाशिल पत्रकारलाई प्रेस ज्याकेट तथा माक्स वितरण गरेको छ ।
कोरना भाइरस सङ्क्रमणको जोखिम परिस्थितीमा पनि संचार क्षेत्रमा निरन्तर कार्यरत रामपुर क्षेत्रका क्रियाशिल दश पत्रकारलाई ज्याकेट र माक्स वितरण गरिएको हो ।

महासंघमा आबद्धमध्ये क्रियाशिल दश जनालाई प्रतिव्यक्ति एक÷एक वटा प्रेस ज्याकेट साथमा माक्स वितरण गरिएको पत्रकार महासंघ पाल्पा शाखाका कार्यसमिति सदस्य सिर्जना घिमिरेले जानकारी दिइन् ।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम परिस्थितीमा पनि यस क्षेत्रमा रहेका पत्रकारले अहोरात्र स्थलगत रिपोर्टिङ्ग गरी काममा खटिएको र भाइरसबाट सजग रहेर सुचना संप्रेषण गर्न सबै पत्रकारलाई सामुदायिक रेडियो रामपुरका स्टेशन प्रबन्धक बासुदेव ढकालले अनुरोध गरे ।

सो सामग्री पत्रकार महासंघ कार्यसमिति सदस्य दुर्गेश मल्लको संयोजकत्वमा वितरण गरिएको हो ।

SHARE