पाल्पामा १२ सङ्क्रमित थपिए, सङ्क्रमितको सङ्ख्या २१ पुग्यो

0
326

सुशीला रेग्मी

रामपुर (पाल्पा) २८ जेठ  : पाल्पा जिल्लामा थप १२ जनामा कोरोना सङ्क्रमण देखिएका छन् ।
माथागढी गाउँपालिका ८ बहादुरपुर स्थित बालविकास आधारभुत प्राविको क्वारेन्टिनमा बसेका १२ जनामा कोरोना सङ्क्रमण देखिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिए ।

जसमध्ये ११ पुरुष र एक महिला रहेका छन् । यो संगै पाल्पा जिल्लाका मात्रै कोरोना सङ्क्रमण हुनेको सङ्ख्या २१ पुगेको छ ।

बुधबार सङ्क्रमण देखा परेकालाई सदरमुकाम तानसेन स्थित तानसेन नर्सिङ कलेजमा तयार पारिएको आइसोलेशन कक्षमा भोली लैजाने तयारी भएको गाउँपालिकाका अध्यक्ष मगरले जानकारी दिए ।

उनका अनुसार सदरमुकामबाट दुरी टाढा रहेकाले भोली बिहानै लैजाने र उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

केही दिन अघि सङ्क्रमण देखिएका पुरुष पनि सोही क्वारेन्टिनमा बसेका थिए । हाल यस क्वारेन्टिनमा एक बालक सहित २३ जना रहेका थिए । आज १२ जनाको सङ्क्रमण देखिएपछि छुट्टाछुट्टै बसोबासको व्यवस्था गरिएको छ ।

अर्का एक सङ्क्रमित भने लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन कक्षमा उपचार गराएका एक पुरुष भने गुल्मी जिल्ला रुरु गाउँपालिका १ का रहेका छन् । पाल्पा जिल्लामा कोरोना सङ्क्रमणबाट एकको मृत्यु भएको छ ।

SHARE