त्यही १२,१३ बर्षको उमेर त त्यो पनि पचासको दशक तिर प्रबिधिको बिकास पनि मन्द थियो अनि त्यती सानो उमेरमा धेरै ज्ञानि र धेरै जान्ने त कुरै आएन त्यो पनि निम्नवर्गको मान्छे। बुबाको डरले गर्दा केही नजाने पनि धेरै जाने जसरी घरको काम त गर्नै पर्थ्यो बिहान बेलुका दिन भर स्कुल अनि खेल्ने समय पनि लुकिछिपी मिलाउदै, त्यही त हो त्यो बेलाको बाल्यकाल , सायद मेरो मात्र होईन त्यो दशकका सबैको दिनचर्या उस्तै उस्तै थियो होला!
त्यो ताक ज्ञानि भन्नेहरु घरमै बस्थे, कम खेल्थे र बुबा आमालाई सघाउथे ती हाम्रो भाषामा सम्पन्नवर्गका भने फटाहा भन्नेहरु घरमा कम बस्ने, बाहिर घुमफिर खेल्न बढी रुचाउने, बाबू आमालाई कति बेला कुन रुख बाट लडेर मर्छ भन्ने पिर दिने आदि आदि , अहिले सम्झिन्छु म पनि उहीँ फटाहा मध्येकै थिए होला । खेल्न , बाहिर घुम्न, साथि संग मिलि साना तिना ख्याल ठट्टा गर्न र यो नगर है बाबू भनेको काम गर्न खुप मज्जा लाग्थ्यो ।
मलाई अचम्म लाग्यो एका बिहानै छिमेकी ८,१० जना जम्मा भएर हाम्रै घरमा हल्ला खल्ला गर्दै थिए, उ सुतिरहेकै थिए। खै हाम्रो घरमा केही पुजा आजा वा केही भए जस्तो त लाग्दैन खै किन आएका हुन छिमेकी काका, ठुलाबा, माइलाबा, अरुहरु पनि ? गएर बुवा सोधु सोधु त लागेको थियो तर बुबाको चड्कन भेट्ने डर त्यति ठूलो आट गर्न सकिन मैले ।
आफै बुझ्ने कोसिस गरे,,,,।
दुई तले घर खरको छानो त्यही पनि कति ठाउँ बाट चुहिने थियो दिदिले बर्सातमा ओड्ने पुराना प्लाटिकले चुहिने ठाउँमा टालेकि थिई टाल्न नमिल्ने ठाउँमा भाडो थाप्थी बर्साको समय थियो जुरुक्क उठेर तल झर्छु भन्दा एक पटक माथी घरको बलोमा ठोकिए र पाईला सार्दा त्यही दिदिले पानी थापेको भाडोमा ठोकिए भाडो पल्टिएर ठुलै आवाज आयो ।
अनि तल बाट ,,,,,, हैन के गर्छ यो गधा ,,, भन्दै बुवाले कराउनु
भयो,,,!
म डराई डराई लत ओर्लिए बाहिर त चर्का चर्की बढ्दै थियो, यसो आमाको अनुहारमा हेरेको आँसु टिलपिल टिलपिल गर्दै थियो , के भएछ मैले धेरै सोचिन र सोच्न पनि सकिन भने के भो भनेर सोध्ने आट गरिन पनि, लुकुक्क बिरालो झै लुकेर बाहिर निस्केर झाँतोको छेउमा लुकेर कुरा सुन्न थाले ,,,।
छिमेकीले भन्दै थियो बुबालाई ” त चोर छोरालाई उस्काएर बारिको साँधिको ढुङ्गा मेरो तिर सार्ने खरेन(खरबारी)को ढुङ्गा पल्टाउने हाम्ले अर्काको देशमा गुलाम गरेर कमाएर ल्याएको सम्पतिमा आँखा गाढ्ने , डाहा गर्ने, आफुले सम्पती जोड्ने नसक्ने अरुको सम्पतिमा लोभ गर्ने……………….!
यस्तै यस्तै नथानाम गाली गर्यो र झन्डै हात नै नहालेको म हेरिरहे सुनिरहे ।
सबैले मलाई, मेरो बुबालाई र सबै परिवार लाई पो गाली गर्न थाले,
अझ भएन भनेर हाम्रा आफ्नै काका बाउ पनि दाइ तैले तसो गर्न नहुने उसो गर्न नहुने भन्दै थप्दै थिए ।
बुबालाई कति रिस उठो थाहा भएन मलाई त त्यो छिमेकी संग भन्दा आफ्नै काका बाउ संग रिस उठो मैले सक्ने भए दुई थप्पड हान्न मन थियो।
निकै बेरको चार्का चर्की भो सबै जना बारिमा गए साँधको ढुङ्गा उखेलेर हाम्रो पट्टी ल्याएर हाम्रो वारि पनि छिमेकिको हुने गरि ढुङ्गा गाडे खरेनमा पनि त्यहि गरे । यसो छिमेकीको अनुहारमा हेरेको मैले ठुलै युद्ध जिते जस्तो अनुहारमा चमक थियो अरु आफन्तमा पनि उहिँ प्रतिक्रिया पाए ।
त्यो त मैले अनुभूति गर्न सक्ने भएर भएको घटना त्यो भन्दा पहिले पनि कयौ पटक छिमेकीले आफ्नो शक्ति देखाउथ्यो रे! म त निम्नवर्गमा जन्मेर मध्यमवर्गमा पुग्न चाहान्थे त्यसैले त्यही एज छाक, एक गास र एक सरो लुगाको लागि परिवार,गाउँ र देश नै छोडेर बिदेसिए त्यसपछी पनि छिनेकिले सयौ पटक आफ्नो हैसियत देखायो रे साँधको ढुङ्गा सारेर ,,,,,,,,,,,! हामी भन्दा बाईसौ गुणा सम्पती भएको र धेरै सम्पन्न हुदा हुँदै पनि हाम्रो यति धेरै माटोमा किन आँखा लगाउछ म अचम्म लाग्छ ! कि कमजोर छिमेकीलाई दुख नदिदा सम्म उसको खाएकै नपच्ने भाछ खै के हो ?
सगै बुबा र आमाको अनुहार हेरे कती छाक भोकै सुत्दा नदेखेको मलिनता खिन्नता त्यो अनुहारमा देखे त्यो भन्दा बढी त कहिले केही नदेखिने आँखा धमिला र भिरिएका थिए । बुबाको आखाँमा हेर्ने चेस्टा गरे सकिन र भुई तिर हेरिरहे ,,,,,,,,,,,।
त्यो दिन देखि बुबाले मलाई कहिले गालि गर्नु भएन र एक थप्पड पनि हान्नु भएन तर गाली नगर्दा जति डर कहिले लागेन,,,,।
बुबाको मौनता मेरालाई सबै भन्दा ठूलो गालि झापड लाग्न थाल्यो,, सायद आफन्तको हेला, तिरस्कार र गरिबी प्रतिको समाजको मजाकले बुबालाई मौन बनायो। खै बुवा आमालाई हामी सन्तान प्रती भरोसा भयो या भएन हामी पछि छिमेकिको बदला लिन्छौ भनेर,,,,,।
बुबाको परिवार प्रतिको जिम्मेवारी र आमाको मायाको कारणले संस्कृती, संस्कार र सम्पतिमा संसारमा सवै भन्दा धनी थिए ।त्यही दिन बाटै म आफु ज्ञानि बन्ने चेस्टा गरे , मलाई लाग्छ मैले जानेर वा नजानेर मैले बुबा आमालाई त्यो दिन बाट कहिले दुख दिए जस्तो लाग्दैन।
त्यही छिमेकीको हेपाहा प्रबितिले नै मलाई यति कठोर बनायो कि कहिले कोहि माथी बिचरा भन्न आएन , सहयोग गर्न पनि त्यही जागर चल्दैन। उहीँ छिमेकीले सिएका बच्चै हुदा सायद,
हालसालै करिब डेढ दसक पछि छिमेकिले हाम्रो पट्टी सारेको सांधको ढुङ्गा हेरेर आए उहीँ ढुङ्गा थियो उहीँ ठाउँ थियो तर पहिले जस्तो उर्वर र लटरम्म खेती थिएन, उहीँ बुबा आमाको टिलपिल आसुको सम्झना आयो, आफू १२,१३ बर्सको भए झै लाग्यो, आमाको आँसु छचलकिए झै लाग्यो,,,,,,। मेरो पुरानो छिमेकी लाई देख्दा रिस,घृणा,दया,माया लाग्छ,,,,।
,,,,,, खबरदार
हिजो म हामी साना थियौ बाध्यता र बिवसतामा तिम्रो ज्यादती र आतंक सहन बाध्य भयौ आज उहीँ समय छैन , हामि संग तिमिसंग जति अरुको गुलामी गरेर जम्मा गरेको हरियार नभएनी , हामी संग कलम छ । र आज काल त हाम्रो भएको सर्लक्क परेको साल, सिसौ, टुनिको रुख देखेर , ढुङ्गा र गिट्टीको खानी देखेर, हाम्रो बारिमा हुने बिभिन्न जडिबुटी देखेर, हाम्रो खेतको सिरानमा भएको ठूलो पानीको मुल देखेर हाम्रा ठुलाबाउ पनि कहिले काहीँ हाम्रै बारेमा बोल्छन त्यसले पनि बेला बेलामा ढाडस मिल्छ मलाई,,,।
तिमिसंग हतियारको लडाई त म लड्न सक्दिन कुटनैतिक र कलमको माध्यमबाट आफ्नो देशको साँंधको ढुङ्गा सार्न दिनेछैन।
खबरदार छिमेकी,,,,,,,।
खबरदार छिमेकी,,,,,,,,,।
हात्ती र कमिलाको कथा याद छ होला तिमीलाई ,,,,,,!
Dear गुराँस (ऋषि ज्ञवाली )