अगुगमनमा पुगेका मेयर माथी गरिएको व्यावहार अराजनीतिक

0
546
गुल्मी, २७ जेठ : नेकपा मुसिकोट नगरपालिका वडा नं १ कमिटीले क्वारेन्टाइन अनुगमनको क्रममा मेयर लगायतका जनप्रतिनिधी माथी भएको अराजनीतिक व्याबहारको बिरोध गरेको छ ।
सरस्वती माध्यमिक विद्यालयमा संचालन भएको क्वारेन्टाइन अनुगमन गर्न जेठ २५ गते नगरप्रमुख सोमनाथ सापकोटा, वडा नं. १ वडा अध्यक्ष पुर्णवहादुर हितान र वडा सदस्य एवं नेकपा नगर सदस्य दलवहादुर थापा लगायत पुगेका थिए । सोहि क्रममा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरु चिरञ्जीवी केसी, पोमलाल खरेल, नेपाल तरुण दलका भिम पाण्डे लगायत व्यक्तिले अपमानजनक, अभद्र र अराजनीतिक व्यवहार गरेको प्रति गम्भिर ध्यानआकषर्ण भएको नेकपा वडा कमिटी इन्चार्ज भुप्रेन्द्र रायमाझी र सचिव नारायण थापाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
कोरोना संक्रमणको कारण मानव जीवनमा संकट परिरहेको समयमा नगरपालिकाले गरेको उद्धार, राहत, क्वारेन्टाइन व्यावस्थापन र परिक्षणका सहयोग गर्नुको सट्टा राजनैतिक पुर्वाग्रहका साथ जत्था बटुलेर जनप्रतिनिधी प्रति देखाएको अराजनीतिक, असामाजिक र समान्तवादी व्यवहारको वडा कमिटीले घोर भर्सना र निन्दा गरिएको छ । साथै बिज्ञप्ती मार्फत अपमानपुर्ण व्यवहार गर्ने सम्वन्धित व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइ कडा कारबाही गर्न वडा कमिटीले जोडदार माग गरिएको छ ।
बिज्ञप्तीमा आगामी दिनहरुमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकता माथि यस्ता प्रकारका अराजनीतिक व्यवहार जो कसैले गरे नेपाल कम्युनिष्ट पार्टी कडा प्रतिरोधमा उत्रने समेत कडा चेतावनी दिइएको छ ।
SHARE