उपप्रमुखलाई कोरोना संक्रमण भएपछि नगरपालिकाका सबै सेवा बन्द

0
404

जेठ २७,२०७७ अर्घाखाँची : सन्धिखर्क नगरपालिका अर्घाखाँचीका सबै सेवा मगंलबार देखि बन्द भएका छन् ।

नगरपालिकाका उपप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएसंगै सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
पछिल्लो १० दिन यता कार्यलयमा आएका सबै कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

सबै कर्मचारीहरुको मगंलबार आजै स्वाब संकलन गरी परीक्षणका लागि पठाइने र रिपोर्ट नआएसम्म नगरपालिकाका सबै कामकाज बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीबन ज्ञवालीले जानकारी दिए ।

SHARE