रामपुरको सीताराम मावि क्यारेन्टिनमा बसेका १३ जनाको स्वाब संकलन

0
662
फाइल फोटो

सुशीला रेग्मी

जेठ २६,२०७७ पाल्पा  : रामपुर नगरपालिका ४ स्थित सीताराम माविको क्वारेन्टिन कक्षमा बसेका १३ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको छ ।
दुई जना सङ्क्रमित सहित अन्य ११ गरी १३ जनाको सवाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा पठाइएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
यही जेठ २० गते कोरोना सङ्क्रमण देखिएका दुई जना पुरुष यो समाचार तयार पार्दा सम्म सीताराम माविकै क्वारेन्टिनमा रहेका छन् । शहीद बहुमुखी क्याम्पसमा तयार पारिएको आइसोलेशन कक्षमा लैजाने तयारी भएको नगर प्रमुख थापाले जानकारी दिए ।

रामपुर नगरपालिका र निस्दी गाउँपालिकाको समन्वयमा शहीद बहुमुखी क्याम्पसमा २५ शैयाको आइसोलेशन कक्ष तयार पारिएको नगर स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुंगानाले जानकारी दिए ।
क्वारेन्टिनमा बसेका सङ्क्रमित व्यक्तिको अवस्था सामान्य रहेको र उनीहरुलाई आरडिटी परीक्षण देखि नै छुट्टै बसोबासको व्यवस्था गरिएकोे वडा अध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए ।

SHARE