जेठ २६,२०७७ गुल्मी : तम्घासमा रहेको बबिता फर्माले गुल्मी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना भाइरसको माहामारीका बेला फर्माले ५० थान के एन नाइन्टीफाइब मास्क , र १५ थान स्यानीटाइजर गुल्मी अस्पताललाई सहयोग गरेको अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।
यस्तै फर्माले १० थान केएन नाइन्टीफाइब मास्क र ५ थान स्याननीटाइजर आँखा केन्द्रलाई एक कार्यक्रमका बिच सहयोग गरेको छ ।