पाल्पामा उन्नाइस स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा

0
293

सुशीला रेग्मी

रामपुर (पाल्पा) २३ जेठ  : पाल्पाको युनाइटेड मिसन अस्पतालको आइसोलेसन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ जना स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

गत जेठ २० गते पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षिय रामबहादुर दिसुवाको आइसोलेसनमा मृत्यु भएको थियो ।

उनको कोरोना सङ्क्रमणको पोजेटिभ रिपोर्ट आएपछि बिहिवार देखि नै स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राख्न थालिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिए ।

उपचारमा संलग्न युनाईटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी सहित कर्मचारीलाई सेल्फ क्वारेन्टिनमा राखिएको छ । पाल्पामा सङ्क्रमित सातमध्ये पाँच जनालाई मिसन अस्पताल स्थित बृद्धाश्रमको आइसोलेसन कक्षमा राखिएको छ भने दुई जना रामपुरको क्वारेन्टिनमै छन् ।

रामपुरमा पचास शैयाको आइसोलेसन कक्ष निर्माण कार्य भइरहेको छ । बुधवार कोरोना सङ्क्रमण देखा परेका दुई जना युवालाई अहिले सीताराम माविकै क्वारेन्टिनमा सुरक्षित साथ राखिएको छ । आज आइसोलेन कक्षमा लगिने नगरपालिकाले जनाएको छ ।

SHARE