पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुग्यो

0
338

जेठ २१,२०७७ पाल्पा  :  पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । पाल्पा रामपुरका २ पुरुषमा संक्रमण भएपछि संक्रमितको संख्या सात पुगेको स्वास्थ्य कार्यलय पाल्पाले जनाएको छ ।
रामपुर नगरपालिकाको सर्बदा स्थित सीताराम माध्यमिक बिधालयको क्वारेन्टाइनमा बसेका उनीहहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको रामपुर नगरपालिकाका स्वास्थ्य प्रमुख तीर्थ ढुंगनाले जानकारी दिए ।
उनीहरु भारतबाट आएको बताइएको छ भने उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

SHARE