सुशीला रेग्मी
रामपुर (पाल्पा), १७ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागी पाल्पा जिल्लालाई रु तीन अर्ब ६२ करोड ८२ लाख बराबरको वजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवार सार्वजनिक गर्नुभएको वजेटमा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका लागि सो रकम विनियोजन गरिएको छ ।
समानीकरण अनुदानमा रु एक अर्ब एक करोड ३४ लाख, सशर्त अनुदान रु दुई अर्ब ४३ करोड ४९ लाख, विशेष अनुदान रु १० करोड ५५ लाख र समपुरक अनुदान सात करोड ४४ लाख गरी कुल रु तीन अर्ब ६२ करोड ८२ लाख रकम विनियोजन भएको छ ।
तानसेन नगरपालिकामा रु ५५ करोड ७४ लाख रकम विनियोजन भएकोमध्ये समानीकरण अनुदानमा रु १५ करोड ४६ लाख र सशर्त अनुदान अन्र्तगत रु ३८ करोड ७८ लाख र समपूरक अनुदान रु एक करोड ५० लाख रहेको छ ।
रामपुर नगरपालिकालाई रु ४३ करोड ५८ लाख विनियोजन गरिएको छ । जसमध्ये समानीकरण अनुदानमा रु ११ करोड ९३ लाख र सशर्त अनुदान अन्र्तगत रु ३० करोड ६५ लाख, बिशेष अनुदान रु एक करोड रहेको छ ।
निस्दी गाउँपालिकाका लागि रु ३२ करोड ७८ लाख रकम विनियोजन गरिएकोमा समानीकरण अनुदानमा रु रु नौ करोड ३८ लाख र सशर्त अनुदान रु १८ करोड ८४ लाख, बिशेष अनुदान रु दुई करोड रहेको छ ।
पूर्वखोला गाउँपालिकाले रु २९ करोड ६८ लाख रकम पाएको छ । जसमध्ये समानीकरण अनुदानमा रु आठ करोड ७१ लख र सशर्त अनुदान रु १९ करोड ११ लाख, बिशेष अनुदान रु ९० लाख, समपूरक अनुदान रु ९६ लाख रकम रहेको छ ।
रम्भा गाउँपालिकामा रु २९ करोड नौ लाख वजेट विनियोजन गरिएको छ । जसअन्र्तगत समानीकरण अनुदानमा रु नौ करोड पाँच लाखर सशर्त अनुदानमा रु १८ करोड ५४ लाख, बिशेष अनुदान रु एक करोड ५० लाख रहेको छ ।
बगनासकाली गाउँपालिकाका लागि रु ३२ करोड ११ लाख रकम विनियोजन गरिएको छ । जसमा समानीकरण अनुदानमा रु नौ करोड ३८ लाख र सशर्त अनुदान अन्र्तगत रु २१ करोड तीन लाख, बिशेष अनुदान रु एक करोड ७० लाख रकम रहेको छ ।
माथागढी गाउँपालिकामा रु ३६ करोड ३६ लाख रकम विनियोजनमध्ये समानीकरण अनुदानमा रु नौ करोड ९९ लाख र सशर्त अनुदानतर्फ रु २३ करोड १७ लाख, बिशेष अनुदान रु एक करोड २० लाख, समपूरक अनुदान रु दुई करोड रहेको छ ।
रैनादेवी छहरा गाउँपालिकामा रु ४१ करोड ३१ लाख विनियोजन गरिएको छ । जसमध्ये समानीकरण अनुदानमा रु १० करोड ३३ लाख र सशर्त अनुदान अन्र्तगत रु २७ करोड २३ लाख, बिशेष अनुदान रु एक करोड २५ लाख, समपूरक अनुदान रु दुई करोड ५० लाख विनियोजन भएको छ ।
तिनाउँ गाउँपालिकामा रु २९ करोड ४७ लाख विनियोजन रकमध्ये समानीकरण अनुदानमा रु आठ करोड ६३ लाख लाख र सशर्त अनुदान अन्र्तगत रु १८ करोड ८४ लाख, बिशेष अनुदान दुई करोड रहेको छ ।
रिब्दीकोट गाउँपालिकामा रु ३२ करोड ७० लाख वजेट विनियोजन भएको छ । जसमा समानीकरण अनुदानमा रु आठ करोड ४८ लाख र सशर्त अनुदानमा रु २२ करोड ७४ लाख, बिशेष अनुदान रु एक करोड ५० लाख रहेको छ ।