रामपुरका आगलागी पीडित सुनारको परिवारलाई आर्थिक सहयोग

0
510

सुशीला रेग्मी

जेठ १५ पाल्पा  : आगलागी पीडित पाल्पा रामपुर नगरपालिका वडा नं ६ बस्ने गोपाल सुनारको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । इटहरी स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका मनोज भण्डारीले रु पाँच हजार सहयोग गरेका हुन् ।

सो रकम हेम एण्ड माया फाउण्डेशन नेपालका सहसचिव कामना प्रसाईं मार्फत रामपुर शाखाका प्रमुख तथा ईस्लामिक सक्रिय युवा समाजका अध्यक्ष ल्याकत अलिमियाले पीडित परिवारको घरमै पुगेर रकम हस्तान्तरण गरे ।

यस संस्थाले सामाजिक क्षेत्रमा रहेर काम गर्दै आइरहेको छ । विभिन्न समस्यामा परेका व्यक्तिलाई सहयोग लगायतका कार्य गरिरहेको र संस्थाले अहिले सम्म गरेका विविध क्रियाकलापबारे स्वतन्त्र विद्यार्थी युनियन शहीद बहुमुखी क्याम्पस रामपुरका सभापति जीवन तिवारीले जानकारी गराए ।

फाउण्डेशनका रामपुर शाखा प्रमुख तथा ईस्लामिक सक्रिय युवा समाजका अध्यक्ष ल्याकत अलिमियाँको अध्यक्षतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रमको संचालन फाउण्डेसनका सदस्य शालिकराम खनालले गरेका हुन् ।

सहयोगदाता मनोज भण्डारीले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कतौटी गरी सो रकम सामाजिक क्षेत्रमा खर्चदै आएका छन् । सुनारको जेठ १२ गते राती करिव २ वजेतिर घरमा विद्युत् सर्ट भएर आगलागी हुन पुगेको हो ।
स्थानीयले आगलागी भएको घटना थाहा पाएलगत्तै रामपुर नगरपालिकाको दमकल प्रयोग गरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागीमा घरभित्र रहेका केही सामान जलेर नष्ट भएको छ । स्थानीयले तत्काल उद्धार गरेकाले मानवीय क्षति भने हुन पाएन ।

SHARE