
तिलाचन पाण्डे
जेठ १४,२०७७ गुल्मी : गुल्मीमा सत्ता पक्ष र प्रतिपक्ष बिच खाद्यन्न पसल खोल्ने र बन्द गर्ने बिषयमा बिज्ञप्ती मार्फत जुहारी चलेको छ ।
गुल्मीमा उधोग बाणिज्य संघमा काग्रेसले नेतृत्व गरेको छ भने चेम्बर अफ कमर्शमा नेकपा समर्थकहरुले नेतृत्व गरेका छन् ।
सोमबार गाउँपालिकाका अध्यक्षलाई नै कोरोना संक्रमण भएपछि गुल्मी उधोग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले एक बिज्ञप्ती जारी गर्दै १४ गते राती १२ बजेदेखि २० गते सम्मका लागि सबै ब्यबसायहरु बन्द गर्नका लागि आग्रह गरेको छ ।
यता चेम्बर अफकर्मशले अर्को बिज्ञप्ती जारी गर्दै खाद्यन्न पसलहरु संचालन गर्न आग्रह गरेको छ ।
संस्थाका उपाध्यक्ष बिरेन्द्र भुसालद्धारा जारी बिज्ञप्तीमा एक हप्ता बन्दले सबै समस्याको समाधान नहुने भन्दै दैनिक उपभोग्य बस्तुहरुलाई बिहान ११ बजेदेखि १ बजेसम्म संचालनमा ल्याउनु पर्ने जनाएको छ ।
यस समयमा दैनिक उपभोग्य खाद्यन्नहरु बन्द गर्दा जनजीबन थप कष्टकर बन्ने र लामो समय पछि पसलहरु खोल्दा भिडभाड हुने भएकाले जिल्ला बिपद ब्यबस्थापन समितिले गरेका निर्णयहरुलाई नै यथाबद रुपमा राखी कार्यन्वयन गर्नका लागि सबै ब्यापारीहरुलाई आग्रह गरिएको छ ।
जिल्लामा भारतबाट भित्रिनेको संख्या बढ्दै गएको र उच्च सर्तकता अपनाउनु आवश्यक भएकाले यसलाई ब्यबस्थित गर्नका लागि दुबैले जोड दिएका छन् ।
साथै जिल्लामा एम्बुलेन्स बाहेक खाद्यन्न बोक्ने अन्य सवारी साधनहरु संचालनमा बन्द गर्नका लागि सबै ब्यबसायीहरुलाई आग्रह गरिएको भलामीले बताए ।
साथै कोरोना संक्रमणबाट उपचारको क्रममा मृत्यू भएका मदाने गाउँपालिकाका ४१ बर्षिय पूरुषमा हार्दिक श्रदाञ्जली ब्याक्त गर्दै सक्रमण देखिएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत दुबैले गरेका छन् ।
यता जिल्ला प्रशासन कार्यलय गुल्मीले भने दुबै पक्षलाई बोलाई समन्वय गर्ने जनाएको छ ।










