रामपुरमा अन्धकारमुक्ति साकोसका ४० जना कर्मचारीलाई एक लाखको कोरना बिमा

0
628

सुशीला रेग्मी

रामपुर (पाल्पा), १२ जेठ  :  विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरना भाइरस (कोभिड १९) को जोखिम परिस्थितीमा खट्ने कर्मचारीलाई अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले बिमा गरिदिने भएको छ ।

संस्थामा आबद्ध ४० जना कर्मचारीको स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै कोरना भाइरस कर्मचारी बिमा शीर्षकमा रु एक लाख बराबरको बिमा गरिदिने संस्थाका अध्यक्ष सागरप्रंसाद देवकोटाले जानकारी दिए ।

“कोरना भाइरसको महामारीका बेला पनि ज्यान जोखिममा राखेर संस्था र सदस्यको हितमा निरन्तर खट्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप संस्थामा आबद्ध सबै कर्मचारीको बिमा गरिदिने निर्णय गरेका छौँ” अध्यक्ष देवकोटा भने ।

सहकारीले सदस्यको सेवालाई पहिलो प्राथमिकतामा राख्दै कोरनाका कहरका बाबजुद पनि सामाजिक दुरी कायम गरी सेवा दिदै आएको छ । जोखिम परिस्थितीमा संस्थाले कर्मचारीको हित र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर बिमा गरिदिने निर्णयले कर्मचारीलाई काममा प्रोत्साहन मिलेको व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेल बताउछन् ।

“कोरनाका कहर न्युनिकरणका लागि सरकारले जारी गरेको लकडाउनमा पनि कर्मचारीले जोखिम मोलेरै कामलाई निरन्तरता दिएका छौँ, संस्थाले जोखिम परिस्थितीमा खट्ने कर्मचारीको स्वास्थ्य सुरक्षालाई बिशेष निगरानी गरिरहेको छ, हामी सबै सुरक्षित भएर काम गरिरहेका छौ” व्यवस्थापक पौडेलले भने ।

SHARE