जेठ ८,२०७७ पाल्पा : कालीगण्डकी नदिमा डुबेर बेपत्ता भएका दूई बालकको शब फेला परेको छ ।
पाल्पाको रामपुर नगरपालिका सिकोडाडाँका १० बर्षका सुनिल भट्राई र १० बर्षकै समिर चापागाँईको शब फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।
जेठ ४ गते कालीगण्डकीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका थिए ।
उनीहरुको शब नदि किनारमा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।