पाल्पा निस्दी गाउँपालिकाको राहत कोषमा कांग्रेसको सहयोग

0
731

सुशीला रेग्मी

जेठ ४, रामपुर (पाल्पा) :नेपाली कांग्रेस गाउँ कार्य समिति निस्दी गाउँपालिका पाल्पाले राहत सहयोग गरेको छ ।

जिल्लाका दशवटै गाउँ तथा नगरस्तरमा रहेका नेपाली कांग्रेसका स्थानीय पार्टी समितिहरुबाट सम्बन्धित स्थानीय तहहरुलाई आर्थिक सहयोग गर्ने कार्यक्रम अनुसार निस्दी गाउँपालिकालाई रु १६ हजार ५ सय १ रुपैयाँ सहयोग गरेको नेपाली कांग्रेस गाउँ कार्य समिति निस्दीका संयोजक शालिकराम पाण्डेले जानकारी दिए ।

लकडाउनका कारण गाउँपालिकाको कार्यालयमा नै पुगेर रकम हस्तान्तरण गर्ने समस्या परेकाले गाउँपालिकाको सनराइज बैंकमा रहेको प्रकोप व्यवस्थापन खातामा दाखिला हुनेगरी रकम पठाएको संयोजक पाण्डेले बताए ।
साथै नेपाली कांग्रेस निस्दीको तर्फबाट गाउँपालिकाको राहत कोषको आम्दानी तथा खर्चको पारदर्शिता कायम गर्न, राहत रकमको सही सदुपयोग गर्न र निस्पक्ष राहत वितरण गर्न समेत ध्यानाकर्षण गराउदै यस सम्बन्धि कार्यक्रमको तर्जुमा, कार्यान्वयन तथा अनुगमन एवं मुल्यांकनका सबै प्रक्रियामा सर्वदलीय सहभागिताको माग समेत गरेको पाण्डेले जानकारी दिए ।

SHARE