रामपुरमा सामाजिक दुरी कायम गरी राहत वितरण

0
535

सुशीला रेग्मी

वैशाख २३, पाल्पा :कोरना भाइरस सङ्क्रमणका कारण जारी लकडाउनको मारमा परेका अति विपन्न दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई रामपुर नगरपालिकाले दोस्रो चरणको राहत वितरण सुरु गरेको छ । राहत वितरण अन्र्तगत वडा नं ५ मा मंगलवार तीन सय ७९ घरपरिवारलाई राहत प्रदान गरिएको छ । पहिलो चरणमा राहत पाउनबाट वन्चित भएका नागरिकलाई राहत वितरण गरिएको वडा अध्यक्ष हिमाल मल्लले जानकारी दिनुभयो ।

बेझाड बजार स्थित रामपुर युवाक्लवको मन्चबाट राहत वितरण गरिएको हो । वडाले पहिलो चरणमा एक सय ९४ घरपरिवारलाई वितरण गरेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालयका प्रमुख अशोककुमार आचार्य, ईलाका प्रहरी कार्यालय रामपुरमा प्रमुख भिमबहादुर कार्की, वडा अध्यक्ष हिमाल मल्ल, वडा सदस्यहरु सावित्रा गौतम, विष्णुप्रसाद बस्याल, काशिनाथ रेग्मी, माया नेपाली, राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगायतको रोहबरमा राहत वितरण गरिएको हो ।

राहत स्वरुप प्रतिव्यक्ति पाँच किलो चामल, एक÷एक किलो दाल, केराउ, नुन, आधा लिटर खानेतेल, एक वटा साबुन वितरण गरिएको छ । दुई देखि चार जना सम्मको परिवारलाई २० किलो चामल, दुई÷दुई किलो दाल, केराउ, एक किलो नुन, एकलिटर खानेतेल, दुई वटा साबुन, पाँच जना सम्मको परिवारलाई २५ किलो चामल, साढे दुईकिलो दाल, तीन किलो, केराउ, डेढ लिटर खानेतेल, दुई किलो नुन, तीन वटा साबुन वितरण गरिएको वडा सदस्य साबित्रा गौतमले जानकारी दिनुभएको छ ।

वडामा बसोबास गर्ने तथा बाहिरबाट यहाँ ज्यालादारी तथा मजदुरी गर्ने नागरिकको घर घरमा पुगेर लगत सङ्कलन गरेर राहत वितरण गरेको वडा सदस्य विष्णुप्रसाद बस्यालले बताउनुभयो ।

SHARE