बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात (कोभिड १९) को संक्रमण नेपालमा पनि फैलिरहेको हामी सबैलाई अवगत नै छ । कोरना भाइरस सङ्क्रमणबाट बच्न सरकारले लकडाउनको घोषणा गरेको पनि महिना दिन बितिसक्यो । तपाई हाम्रो छोराछोरी बालबालिका घरमा किताब छुने त कुरै नगरम पढाईको समेत वास्ता हुन छोडिसकेको अबस्था छ । हुन त उनिहरुले छोउन पनि कसरी, गतवर्षको वार्षिक परिक्षाको नतिजा प्रकाशन नभयको अबस्थामा के कुरा पढ्ने, कसरी पढ्ने पाठ्यक्रम के हो साथै उनिहरुलाई पढाईको कुरा गर्दा पढ्ने कुरा भन्दा पनि पढाइको मनसिकतामा नै फरक महसुस तपाईं हामी पाउन सक्छौ । यो बिपदको बेला छरछिमेकमा हाम्रा अभिभाबकको दिनहुजसो आउने गुनासो हो । हामिले पटक पटक सुनिरहने कुरा हुन, हाम्रो बालबालिकालाई पढाईको महत्वको बारेमा भनिदिनु हुन, यो विषम परिस्थितिमा सबै अभिभाबकलाई चासो र गुनासोको बिषय बनेको छ ।
शैक्षिक सत्र सुरु हुने समयमै फैलियको यस महामारीबाट विशेषत साना साना बालबालिकाको शैक्षिक लगायत सबै शिक्षण संस्थाहरु अस्तब्यस्त छन् । बिद्यालय बन्द छ, बिद्यार्थीका अन्तरनिहित प्रतिभाहरु प्रस्फुटित हुन पाएका छैनन् । सरकारले लागु गरेको लकडाउन पुर्ण रुपमा पालना गरेकोले तत्कालै शैक्षिक संस्थाहरु खुल्ने अबस्था छैन र देखिदैन पनि । बिद्यालय बन्द भएको हुनाले अभिभाबकले आफ्ना सन्ततिलाई त्यति पढाईको कुरामा दबाब दियतापनि बालबलिकाको भने पठनपाठनमा मन नगएको अबस्था छ ।
बन्दको बेला शिक्षकले आफ्ना बिद्यार्थीप्रती समय दिन नसकेको कारण बिद्यार्थीको मानसिक बौद्धिक र सम्बेगात्मक बिकासमा प्रभाब नपर्ला भन्न सकिने अबस्था छैन । लामो समय सम्म बिद्यालय बन्द हुदा प्रतिकुल अबस्था सिर्जना हुन सक्ने र यसको उपयुक्त बिकल्पको खोजी गर्ने कामहरु के के हुन सक्छ्न भन्ने बिसयमा केन्द्रीत कुरा गर्न चाहान्छु । सर्बप्रथम त अघिल्लो बर्षको नतिजा रोकियको हुनाले कसरी हामी त्यो नतिजा छिटो भन्दा छिटो प्रकाशन गर्न सक्छौ भन्ने तर्फ अगाडि बढ्न हामी जरुरी छ । नतिजा प्रकाशन गर्न हामी सामजिक दुरी अपनाई साथै सम्भब हुने ठाउमा अनलाईन साथै अभिभावकलाई टेलिफोन मार्फत जानकारी गराउन सकिन्छ । साथै अबको शैक्षिक सत्रलाई आवस्यक नया पाठ्यपुस्तक नया पाठ्यक्रम अनुसार समयमै छपाउन सकिन्छ । अनलाईन मार्फत नै बिद्यार्थीको नया भर्ना आह्वान गरी नया विद्यार्थी भर्ना गर्न सकिन्छ । बिद्यार्थी भर्ना गरिसकेपछी, उनिहरुको दैनिक ब्यबहारमा फरक खालको उर्जावान् मानसिकता आउँछ, अर्कोतर्फ सामजिक दुरि कायम गरि नया पाठ्यपुस्तक बितरण प्रकृयामा पनि सहजता आउँछ । सुरक्षित रुपमा हामी पाठ्यपुस्तक बितरण गर्न सक्छौ । यसको लागि सम्बन्धित स्थानिय तहको सहयोग लिन सकिन्छ, नया पाठ्यपुस्तक पायपछी बिद्यार्थीको पढाईप्रती चासो र मनोबलमा एक्कसी वृद्धि हुनेछ ।
तुलनात्मक रुपमा केही न केही नया जोस र जागर बिद्यार्थीमा पक्कै पनि आउनेछ । यसको लागि शिक्षक र बिद्यार्थी बिच आपसी विभिन्न संचार माध्यम मार्फत सम्पर्कमा रहने, नेपाल जस्तो बिकासउन्मोख देसमा अनलाईन शिक्षाको पहुँच पुर्णरुपमा नभयको कारण टेलिएजुकेशन पद्धतिलाई बैकल्पिक शिकाईको रुपामा प्रयोग गर्न सकिन्छ । बिद्यार्थीलाई पढाइ भन्दा सिकाई बढी प्रभावकारी हुने भयकाले त्यसतर्फ अभिभावकलाई सिकाई माध्यम प्रयोग गरि आफ्ना बालबालिकालाई सामाजिक बन्न प्रेरित गरौ । यो बेलामा बालबालिकालाई आफ्नो काम आफै गर्न लगाऔ, आफ्नो मातृभाषा र सस्कृतिको प्रयोगमा उत्प्रेरित गराऔ, धर्म जाती साथै धार्मिक सहिसुणता साथै विभिन्न रहन सहन सिकाऔँ, यो लकडाउनलाई “सस्कारिक कक्षा “ नामन्कित गरौ, आफ्नो बाबुआमा बालबालिकाको पहिलो गुरु हो र घर पहिलो बिद्यालय हो भन्ने कुरा बुझाऔ । साथी आफ्नो नातागोताको आबस्यकता र समाजको रहनसहन सामाजिक परिस्थितिको महत्वबारे प्रकाश पारौ, मानिस एक सामजिक प्राणीको रुपमा आफ्नो जिम्मेवारि के के हुन्छ सिकाईदिउ, पाठ्यक्रम मात्र हैन ब्यबहारिक जीवन सिकाऔँ ।
बिज्ञानका सिद्धान्त र गणितका दुई चार ओटा साध्यहरु पढ्न पायनन् भनेर उनिहरुको मनोबल गिराउने काम नगरौ, दर्जनौ ब्यबहारिक गणित सिकाऔ, लकडाउन खुलेपछी बिद्यार्थीहरु बिद्यालय आउने समयमा ब्यबहारिक परिक्ष्यामा “ए प्लस“ मा उर्तिण भएर बिद्यालय आउन, छोराछोरीले पढ्न पायनन् भनेर चिन्ता लिनुपर्ने आबस्यकता छैन ।
अब के गर्ने भनेर नसोच्नुस, यस्ता हजार उपाय निस्कन्छन् । जसको प्रयोगले हामिले आफ्ना बाबुनानिलाई बिश्वबिद्यालय तहमा दिईने भन्दा माथिल्लो ज्ञान घरमै दिन सक्छौ । एउटा कुशल अभिभावक हुनुको नाताले हामिले यती गर्न त सक्छौ नि ।
लेखक
शालिकराम खनाल
वास कार्यक्रम संयोजक
रामपुर नगरपालिका, पाल्पा