पाल्पामा कृषि एम्बुलेन्सबाट उपभोक्ताको घर घरमा तरकारी पु¥याइदै

0
446

सुशीला रेग्मी

वैशाख १२, पाल्पा : पाल्पा जिल्लामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । लकडाउनका समयमा कृषकले उत्पादन गरेका कृषि उपज उपभोक्ताको घर घरमा सहज रुपमा पु¥याउन सदरमुकाम तानसेन क्षेत्रमा कृषि एम्बुलेन्स संचालनमा ल्याइएको हो । कृषकले उत्पादन गरेका तरकारीले बजार पाएन भन्ने समस्या नआओस् र उपभोक्ताबाट पनि लकडाउनले तरकारी खरिद गर्न पाइएन भन्ने गुनासा नआओस् भन्नका लागि कृषि एम्बुलेन्स सेवा सुरु गरिएको नगर प्रमुख अशोकुमार शाही बताउनुहुन्छ ।

तानसेन युवा परिषद्को व्यवस्थापनमा संचालनमा आएको कृषि एम्बुलेन्स सेवा अन्र्तगत काउली रु २०, बन्दा रु १०, काक्रा रु ४० मा खरिद मुल्यमा नै बिक्रि भइरहेको छ ।

दैनिकजसो चार देखि पाँच वटा कृषि एम्बुलेन्समार्फत तानसेन नगरपालिका लगायत विभिन्न स्थानमा कृषकको खेतबारीमै पुगेर तरकारी खरिद गर्ने र उपभोक्तामाझ घर घरमा पु¥याउने कार्य भइरहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।

“कृषकको खेतबारीमै जुन मुल्यमा लिइएको छ सोही मुल्यमा नै तरकारी उपभोक्ता माझ पु¥याइएको छ, ताजा ताजा तरकारी उपभोक्ताले पाइराख्नुभएको छ” प्रमुख अर्यालले भन्नुभयो ।

भिडभाड नगरिकन दुरी कायम गरेर तरकारी खरिद गर्ने र उपभोक्ता माझ पु¥याउने कार्य भइराखेको प्रमुख अर्यालको भनाई छ । कृषकको खेतबारीमै उठाइएको मुल्यमा उपभोक्ताले तरकारी खरिद गर्न पाएपछि बिचौलीयाको मारबाट मुक्त भएका छन् । तरकारी खरिद बिक्रिका लागि लकडाउनको समयमा जिल्लामा कृषि ज्ञानकेन्द्र, तरकारी जोन कार्यालय, सहकारीका तीन वटा गाडी प्रयोगमा ल्याइएको छ ।

SHARE