काठमाण्डौँबाट घर जान ईच्छुक नागरिकलाई रामपुर नगरपालिकाले व्यवस्थापन गर्दै

0
1274

सुशीला रेग्मी

वैशाख ११, पाल्पा : पाल्पाको रामपुर नगरपालिकाले लकडाउनका समयमा घर जान चाहना गरेका काठमाण्डौँमा बसोबास गर्ने नागरिकलाई गन्तव्य सम्म पु¥याउने भएको छ । अध्ययन, रोजगार तथा विभिन्न कामको शिलशिलामा काठमाण्डौँमा बसोबास गर्ने रामपुरका नागरिकलाई सवारी साधनको व्यवस्थापन गरेर घरसम्म लैजाने तयारी गरेको नगरपालिकाले जनाएको छ ।

रामपुर नगरपालिकामा जन्मथलो भई काठमाडौंमा अध्ययन गर्न बसेका नागरिक वा अन्य कुनै अप्ठ्यारोमा परी घर फर्कन समस्यामा परेकालाई घरसम्म पु¥याइदिने नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“लकडाउनको समय लम्बिदै जादा काठमाण्डौँमा कोठा भाडामा बसेका नागरिक घर आउन चाहानुहुन्छ भने घरसम्म नगरपालिकाले पु¥याइदिनेछ, तर १४ दिनको समय भने क्वारेन्टाइन कक्षमा बस्नुपर्नेछ” नगर प्रमुख थापाले भन्नुभयो ।

घर जान नचाहेको खण्डमा खाद्यान्नको अभाव भएमा पनि नगरपालिकाले त्यसको व्यवस्थापन गर्नेछ तर जहाँ छौँ कोरना भाइरस सङ्क्रमणबाट सुरक्षित रहेर बस्न नगर प्रमुख थापाले सबै नागरिकमा आग्रह गर्नुभएको छ ।

“रामपुर नगरपालिका भित्रका कोही पनि नागरिक नगरभित्र होस या बाहिर कही पनि खाद्यान्नको अभावमा भोकै बस्न नपरोस्, केही समस्यमा परेमा नगरपालिका कार्यालयमा खबर गर्नुहोला, कोरना भाइरसबाट सुरक्षित तरिकाले घरभित्रै बसौँ” नगर प्रमुख थापाले थप्नुभयो ।

काठमाण्डौँमा बसोबास गर्ने नागरिकले घर जान चाहेमा वैशाख १२ गते साँझ ६ बजे सम्म खबर गर्न सक्नुहुनेछ । घर जान चाहना गर्ने वा हाल बसोबास गरिरहेको अवस्थामा बसोबास गर्ने नागरिकलाई लकडाउनको समस्याले खाद्यान्न संकट परेमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

जसका लागि पाल्पा काठमाण्डौ सम्पर्क समिति क्षेत्र नं १ का संयोजक तुलसीराम पोखरेल मोबाइल नं ९८४९००७०६० र पाल्पा काठमाडौँ सम्पर्क समितिका सचिव अमृत अधिकारी मोबाइल नं ९८५१०९८०९६ सम्पर्क गरी जानकारी लिन सकिनेछ ।

साथै पोखरा, नारायणघाट र बुटवल लगायत विभिन्न स्थानबाट घर फर्कने चाहने नगरवासीले पनि सम्पर्क गर्न सक्नुहुनेछ । विवरण सङ्कलन गरेर गन्तव्यस्थल सम्म जाने व्यवस्था नगरपालिकाले गर्ने बताइएको छ ।

SHARE