पाल्पामा असिनापानीले कुटिएर वृद्धको ज्यान गयो

0
303

बैशाख १०, २०७७ पाल्पा  : पाल्पामा असिनापानीले कुटिएर एकजनाको ज्यान गएको छ।जयान जानेमा पूर्वखोला गाउँपालिका(४ तल्लो लेमधेमका ७३ वर्षीय बदलसिंह कवर मगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

मंगलबार रम्भा गाउँपालिका ४ हुमिनमा रहेका छोरालाई लिन गएका उनी घर फर्किनेक्रममा पूर्वखोला गाउँपालिका(४ देवीनगरको डढुवाबनमा बुधबार विहान मृत भेटिएका थिए। कच्ची सडकमा मृत भेटिएका उनलाई घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

भारी वर्षासहित परेको असिनाले कुटिएर उनको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। जिल्ला अस्पताल पाल्पामा शवको पोष्टमार्टम गरी आज नै आफन्तलाई बुझाइएको हो । गएराती जिल्लाभर भारी वर्षा भएको थियो।

SHARE