पाल्पाको रम्भा गाउँपालिकाले लकडाउनमा घरमै पुगेर भत्ता वितरण गर्दै

0
894

सुशीला रेग्मी

रामपुर (पाल्पा), १० वैशाख  :  पाल्पाको रम्भा गाउँपालिकाले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिक, दलित बालपोषण भत्ता घरमै गएर वितरण गरिरहेको छ ।

गाउँपालिका भित्र दुई हजार पाँच सय ५७ जनालाई घरमै पुगेर भत्ता वितरण कार्य गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ ।

सामाजिक दुरी कायम गरेर स्यानीटाइजर, मास्क र ग्लोब्स लगाएर सबै वडाका कर्मचारी, जनप्रतिनिधिलाई अनुरोध गरेर भक्ता वितरण कार्य भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँपालिका पाँच वटै वडामा वडाका जनप्रतिनिधि, कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको हो । लकडाउनको समयमा भत्ता समयमा नै नपाउँदा समस्यामा परेका नागरिकहरु अहिले घरमै आएर जनप्रतिनिधि, कर्मचारीले भत्ता दिदा दङ्ग छन् ।

गाउँपालिकाले दीर्घरोगी, नियमित औषधी सेवन गरिरहेका नागरिकलाई घर घरमा नै पुगेर निशुल्क औषधी उपलब्ध गराउने भएको छ । मुटु, दम, प्रेसर, थाईराइड, युरिक एसिड, सुत्केरी महिला, गर्भवति महिलालाई आइरन चक्की वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।

SHARE