रामपुर नगरपालिकाद्धारा एक सय ५१ मजदुरको उद्धार

0
744

 

—सुशीला रेग्मी

रामपुर (पाल्पा), १० बैशाख ः लकडाउनको समय लम्बिदै जादा समस्यामा परेका मजदुरलाई रामपुर नगरपालिकाले उद्धार गरेको छ ।

नगरपालिका भित्र सडक, पुल, भवन निर्माण लगायत विभिन्न क्षेत्रमा कार्यरत एक सय ५१ मजदुरलाई घर पठाइएको छ । जारी लकडाउनले समस्यामा परेका यहाँका मजदुर वर्गलाई नगरपालिकाले गाडीको व्यवस्थापन गरेर उनीहरुको घरसम्म पु¥याएको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

लकडाउनले घर जान नपाएर अलपत्रमा बसेका नागरिकलाई नगरपालिकाले आफ्नै खर्चमा गाडीको व्यवस्थापन गरेर घरमा पठाइएको नगर प्रमुख थापाको भनाई छ ।

रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, बारा, रौतहट, उदयपुर, नवलपरासी, सप्तरी लगायतका जिल्लाका मजदुरलाई पाँच वटा जीप र दुई वटा बसको व्यवस्था गरेर मंगलवार र बुधवार आफ्नै घर सम्म पठाइएको हो ।

यसैगरी नगरपालिकाले लकडाउनको अघिल्लो दिन काठमाण्डौँमा बसोबास गर्ने रामपुरका एक सय ६० जनालाई सवारी साधनको व्यवस्थापन गरी घरसम्म ल्याएको थियो ।

SHARE