रामपुरमा परोपकार महासंघ र शहीद बहुमुखी क्याम्पसद्धारा राहत सहयोग

0
571

सुशीला रेग्मी

वैशाख ९, पाल्पा :

रामपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम तीव्र रुपमा सङ्कलन भइरहेको छ । विभिन्न संघ संस्था व्यक्तिबाट राहत रकम सहयोग आइरहेको छ । मंगलवार राष्ट्रिय परोपकार महासंघ नेपाल पाल्पा र शहीद बहुमुखी क्याम्पस रामपुरका कर्मचारीबाट राहत सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

नेपाल राष्ट्रिय परोपकार महासंघ नेपाल पाल्पाका अध्यक्ष विष्णुप्रसाद लम्साल र सचिव रमेश पोखरेलले नगर प्रमुख रमणबहादुर थापालाई रु २५ हजार रकम हस्तान्तरण गर्नुभएको छ । संस्थाले मुष्ठीदानबाट सङ्कलित रकम प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेको हो ।

यसैगरी शहीद बहुमुखी क्याम्पस रामपुरका कर्मचारीबाट एक दिनको पारिश्रमिक बराबरको रु २६ हजार ४ सय ५५ रकम सहयोग गरिएको छ । नगर प्रमुख थापालाई क्याम्पसका लेखा प्रमुख प्रकाशचन्द्र सिग्देल र सहायक प्राध्यापक तुलबहादुर थापाले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभएको छ ।

राहत रकम सहयोग गर्ने संस्थालाई धन्यवाद दिदै नगर प्रमुख थापाले जुन उद्धेश्यले रकम सङ्कलन भएको सोही अनुसार अति विपन्न अशक्त दैनिक गुजारा चलाउन कठिन परिवारमा सहयोग गरिने बताउनुभएको छ ।

SHARE