अपाङग भएकी सीतालाई घर

0
478

भदौ १३, २०७६ गुल्मी ः जन्मजात रुपमै अपाङ्ग रहेकी रेसुङ्गा नगरपालिका गुल्मीकी सीता पन्थीलाई गुल्मीका संघ संस्थाहरुले घर बनाइ दिएका छन् ।
जिल्ला सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर–७ सुकुम्बासी लाइनमा बस्ने शारीरिक अपाङ्गता भएकी सीता पन्थीलाई घर निर्माण गरिदिएका हुन् ।
तम्घासको पुतली बजारमा दुबै खुट्टा नचल्ने अबस्थामा रहेकी पन्थीलाई अपाङ्ग मैत्री घर पाएपछि उनी खुसी भएकी छिन् ।
तर यहाँका केहि सामाजिक अभियान्तको सहयोगले अपाङ्ग पन्थीलाई घर निर्माण भएको हो । बृद्धाआमासँग निकै कष्टपूर्ण अबस्थामा बस्दै आएकी पन्थीलाई तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रको सक्रियतामा तम्घासमा रहेका अरु आदा दर्जन संस्थाको सहकार्यमा घर निर्माण गरिदिएका हुन् ।
सदरमुकाम नजिकै रहेर पनि निकै जीर्ण अबस्थामा रहेको घरमा बस्दै आएको थाहा पाएपछि तम्घास उदिनढुंगा निवासी समाजसेवी अम्बीका श्रेष्ठ घर निर्माण गर्न बिभिन्न संस्थासँग सहकार्य गरेकी थिइन् ।
उनले सुरुमै आशा अपाङ्ग केन्द्रसँग सहकार्य गरेसँगै घर निर्माणको लागि अभियान चलाइएको थियो । समाजसेवी श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर रेसुङ्ग नगरपालिका, प्रदेश नम्बर ५ सामाजिक बिकास मन्त्रालय सहित झण्डै ५० जना भन्दा वढि व्यक्ति एवं संघ संस्थाको सानो–सानो सहयोगमा घर निर्माण सम्पन्न भएको थियो ।
निर्माण भएको घरमा आर्थिक रकम सँगै निर्माण गर्न नेपाली सेना बिरभद्रजंग गुल्म गुल्मीले निर्माण सम्पन्न गर्न सम्पूर्ण श्रमदान गरेको थियो । सरकारी तथा गैर सरकारी एवं बिभिन्न व्यक्तिहरुको करिब चार लाख रकममा निर्माण भएको घरको एक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिका गुल्मीकी उपप्रमुख सीता भण्डारीले हस्तातरण गरिन् ।
निर्माण गरिएको घर हस्तातरण गर्दै नगर उपप्रमुख भण्डारीले घर निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले राज्यको तर्फबाट अपाङ्गहरुलाई सहयोग गर्ने निति अनुसार सहयोग हुँदै आएको बताइन् ।
घरमा आमाछोरी मात्रै त्यो पनि एक बृद्ध र अर्की अपाङ्ग रहेकाले सत्यशाही कला केन्द्र संगठनले खानाको लागि सहयोग गर्दै आएको बताइन् । उनले घर निर्माण भएपनि अरु थप सहयोगको जरुरी उनिहरुलाई आबश्यक रहेको बताइन् ।
घर हस्तातरण कार्यक्रममा निर्माण समिति, श्रमदान गर्ने बिरभद्रजंग गुल्मका नेपाली सेना, समाज सेवी लगायत स्थानीयको सहभागिता रहेको थियो ।

SHARE