सहरका सबै मानिस कठोर छैनन् संकटमा गरिबलाई साथ दिँदै युवा

0
337

 

बैशाख ८, २०७७ काठमाडौं लकडाउन २८ दिनमा प्रवेश गरेको छ। काठमाडौं सुनसान छ। कोरोना भाइरसको त्रासमा ६ लाख भन्दा बढी मानिसले काठमाडौं छोडेका छन्, जुन बढ्ने क्रम जारी छ। भोक(भोकै कयौँ किलोमिटर पैदल हिँडेर मजदुरहरु गाउँ पुगेका छन्। लकडाउन सुरु भएपछि काठमाडौंका केही युवाको दैनिकी फेरिएको छ। विभिन्‍न संघसस्थामा लागेका शिक्षित युवाहरु खान नपाएका मानिस, मजदुर तथा विपन्‍न वर्गहरुको घर खोज्दै हिँडिरहेका छन्। तिनै दिनदुःखीहरुको सेवामा तल्लीन युवा नारायण ढकाल यतिखेर गरिबहरुलाई खाना व्यवस्थापन गर्न व्यस्त छन्।

चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि सबैभन्दा बढी आपत् गरिबलाई भएको छ। पहिलो दिन पशुपति क्षेत्रदेखि मजदुर तथा बेसहारा मानिसलाई ख्वाउन थालेको उनी बताउँछन्। दैनिकजसो सडकमा रहेका बेसहरा र मजदुरलाई खाना ख्वाउने गरेका थिए। उनले त्यहाँ १२ दिनसम्म खाना खुवाए। पशुपति क्षेत्र विकास कोषले पनि सडकमा रहेका बटुवालाई खाना खुवाउन थालेपछि उनले अन्य क्षेत्रमा यो काम सुचारु गरेका छन्। नयाँ बानेश्‍वरको सुकुम्बासी र गोकर्णेश्‍वरको बाटुले चौरमा खाना खुवाइरहेका छन्। निम्‍न आय भएका, बेसहरा र मजदुर वर्गलाई खाना दिइरहेको उनी सुनाउँछन्। दिनको दुईपटक खाना खुवाइरहेका छन्। बिहान १० र साँझ ४ बजे। ुलकडाउन भर सुकुम्बासी र बाटुले चौरमा कसैलाई भोकै रहन दिन्‍नौँ,’ उनले भने। ‘दैनिक एक हजार मानिसलाई खाना खुवाइरहेका छौँ,’ उनले भने,ुलकडाउनमा जो काम नभएर बसेका र दुई छाक खान नसक्नेलाई खाना दिइरहेका छौँ।ु बाटोमा हिँडिरहेका मानिसलाई गाडीमा गएर खाना पुर्‍याएर दिने गरेको उनले बताए। बाटोमा हिँडेकालाई पानी, चाउचाउ र बिस्कुट पनि दिने गरेको उनले जानकारी दिए। ‘यो बेलामा काठमाडौं छोड्नेलाई सहयोग र दयाको भावना नदेखाए कहिले देखाउनेु, उनी भन्छन्,’ सहर कठोर भएपनि सहरमा बस्‍ने सबै मानिस कठोर हुँदैनन्।ु लकडाउन अवधिभर बेसहारा मानिसलाई खुवाउने सोचले अभियान चलाएको उनले बताए।

विश्‍व हिन्दु स्वयम्सेवक संघ नेपाल, प्राज्ञिक विद्या परिषद् नेपाल र जनकल्याण प्रतिष्ठान नेपालको सहकार्यमा मिलेर सेवा गरिरहेको उनले जानकारी दिए। दैनिक २० हजार रुपैयाँ खर्च हुने गरिरहेको उनले बताए। उनले राहतका लागि चामल, दाल तेल, आलु र चीनी किन्‍ने गरेको उनले जानकारी दिए। ‘संस्थालाई माया गर्ने मानिसले दैनिक सहयोग गरिरहेको छन्,’ उनले भने,’ सहयोग गर्ने मानिस काठमाडौंका छन्। राम्रो कामका लागि र असहायलाई सहयोग गर्नेभन्दा सबैले गर्दारहेछन्।ु लकडाउनका कारण धेरै मानिस घरमा बसेका छन्। घरमा बसेकालाई लक्षित गरी अनलाइन कक्षा पनि सञ्‍चालन गर्ने योजना उनले सुनाए। अनलाइनबाट निबन्ध लेखन, कविता, चित्रकलासम्बन्धी कक्षा सञ्‍चालन गरिने उनले बताए। साहित्यका विभिन्‍न विधामा प्रतियोगिता गर्ने तयारी भइरहेको उनले बताए। थाहाबाट

SHARE