पाल्पालीलाई कांग्रेसको अपिल

0
395

सुशीला रेग्मी

वैशाख ६, पाल्पा : नेपाली कांग्रेस पाल्पाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिँदै त्रासको वातावरण सिर्जना हुँदै गएको वर्तमान परिस्थितिमा नागरिकहरुको स्वास्थ्यप्रति सचेत रहँदै सुरक्षित रहन सबै पाल्पालीलाई आग्रह गरेको छ ।

पार्टी सभापति तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य बीरबहादुर रानाले शनिबार विज्ञप्ति जारी गर्दै पाल्पा जिल्लाका सबै तहगत संरचनामा रहेका नेतृत्वलाई यथा समयमा आवश्यक राहत सामाग्री उपलब्ध गराउन आग्रह गर्नुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘राहत वितरणका सन्र्दभमा केही स्थानमा गुनासो समेत आएकोले त्यसलाई सुधार गर्न आग्रह गर्दै लकडाउनका समयमा दैनिक ज्यालादारी मजदुरी गरेर जीवन निर्वाह गर्ने मजदुर र श्रमजीवि वर्गलाई ठूलो मार परेको हुँदा पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछौं ।’

विज्ञप्तिमा सभापति रानाले आवश्यक राहतको अभावमा खान र बस्न समस्या झेलेका मजदुर र न्यून आयस्रोतका कारण भोकमरी समस्यामा परेका, कतिपय हिंडेरै घरतर्फ जाने क्रममा बाटोमै अलपत्र परेका, कार्यक्षेत्रमै कष्टकर जीवन बिताउन बाध्य उनीहरुका लागि गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाउन जोडदार माग गर्नु भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस विषंम परिस्थितिमा अझ उच्च मनोवलका साथ कार्यक्षेत्रमा लाग्न र उच्च सुरक्षा प्रवन्ध मिलाउन गरिएका परिक्षणलाई थप तिव्रता दिन एवं औषधी उपचारको राम्रो प्रवन्ध मिलाउन हार्दिक अपिल गर्दछौं ।’

SHARE