निस्दीमा सात लाख बराबरको राहत सङ्कलन

0
369

सुशीला रेग्मी

रामपुर (पाल्पा), ५ वैशाख ः पाल्पाको निस्दी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु सात लाखको राहत सङ्कलन भएको छ । विभिन्न संघ संस्था तथा व्यक्तिबाट प्राप्त नगद तथा खाद्यान्न सामग्री गरी हालसम्म रु सात लाख बराबरको राहत सहयोग प्राप्त भएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो ।

होङ्शी शिवम सिमेन्ट प्रालि नवलपुरले नगद रु तीन लाख, रामपुर वचत तथा ऋण सहकारी संस्थाले रु ९० हजार बराबरको खाद्यान्न सामग्री, नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था नवलपुरले रु ६० हजार, अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था रामपुरले नगद ५० हजार सहयोग गरेको छ ।

नेकपा पाल्पा अध्यक्ष तथा प्रदेश सभा सदस्य नारायण आचार्यबाट नगद रु ३० हजार, गल्धा सामाजिक महिला उद्यमी सहकारीबाट रु २६ हजार, जलदेवी महिला उद्यमी सहकारी संस्था सहलकोटबाट रु २५ हजार, निशानीदेवी सामुदायिक वन मित्यालबाट रु १५ हजार, पछौटेपन उन्मुलन समाज (बेस) नेपालबाट रु १० हजार सहयोग जुटेको छ ।

यस्तै पोखरेल कन्ट्रक्शन प्राली रामपुरका संचालक केशव पोखरेलले नगद ५१ हजार साथमा क्वारेन्टाइन कक्षमा दश शैयाका लागि सामग्री सहयोग गर्नुभएको छ ।

गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुबाट नगद १० हजार सहयोग प्राप्त भएको र अन्य विभिन्न संघ संस्था व्यक्तिबाट सहयोगका लागि आश्वासन आएको प्रशासकिय प्रमुख भगवानभक्त अर्यालले जानकारी दिनुभयो ।

सनराईज बैंकको प्रकोप व्यवस्थापन खाता नम्बर ०८७०५६०८१८७०३००५ मा रकम जम्मा गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा पहिलो चरणमा दुई सय ८६ घरपरिवारमा राहत सामग्री वितरण गरिसकिएको छ ।

SHARE