रामपुर नगरपालिकाको वडा वडामा थप जनशक्ति परिचालन गरिदै

0
685

सुशीला रेग्मी

रामपुर (पाल्पा), ४ वैशाख  : बन्दाबन्दीको समयलाई प्रभावकारी बनाउन पाल्पाको रामपुर नगरपालिकाले वडा वडामा थप जनशक्ति परिचालन गर्ने भएको छ ।

रामपुरको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन एक वडामा एक÷एक जना प्रहरी, स्वास्थ्यकर्मी, स्वयम्सेविका, स्थानीय क्लव गैर सरकारी संघ संस्था, रेडक्रसबाट दुई देखि तीन जना सम्म स्वयम्सेवक परिचालन गरिदैछ ।

कोरना भाइरस (कोभिड—१९) बाट बच्न सरकारले जारी गरेको बन्दाबन्दीको समयलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई बलियो बनाउन वडा अध्यक्षको संयोजकत्वमा जनशक्ति परिचालन गरिन लागेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो ।

कृषिबाटै रामपुरलाई आत्मनिर्भर बनाउन एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत छिटो उत्पादन हुने खालका कृषि उपज लगाउन वडा वडालाई छनौट गर्न लगाइएको छ । सम्झौता हुन बाकी रहेका नगरका विकास निर्माणका योजनाको वजेट कृषि क्षेत्रमा लगाएर उत्पादन बृद्धि गर्ने नगर प्रमुख थापा बताउनुहुन्छ ।

SHARE